Logo

एकैचोटी तीन वटा रोगको शिकार बनेकी देबिकला राई मर्नु न बाँच्नु अवस्थामा , आर्थिक सहयोगको् लागि एकचोटी सबैले यो समाचर पढौं र सेयर गरौं


कलाखबर संवाददाता,२१,मंसिर काठमाण्डौं । खोटाङ जिल्लाको बास्पानी –५ माथा टोल बस्ने ४७ बर्षीय देबिकला राई विभिन्न प्राण घाटक रोगका कारण मृत्यूको दोसादमा लडी रहेकी छन् । मुटु रोगको समस्याले थलिएकी राई गंगालाल अस्पताल पु¥याउदा मुटुले काम गर्न छोडेको र बल्भ फेर्नु पर्ने डाक्टरले सुझाब दिएको छ । मुटुको औषधि सेवन गर्दै भल्भ प्रत्यारोपण गर्ने दिन पर्खदा पर्खदै आंगनमै चिप्लिएर लडेकी निहुमा लगातार बोमिटिङ हुने र पेट दुख्ने समस्या बढे पछि काठमाडौंको जोरपाटी मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

तर गंगालाल अस्पतालले हेर्दै गरेको बिरामीलाई मेडिकल कलेजले आइसियु खाली छैन भनेर नेपाल भारत मैत्री अस्पताल रिफर गराएका थिए । त्यस पछि फेरि नेपाल भारत मैत्री अस्पताल लगेको र नेपाल भारत मैत्री अस्पतालले मुटु सम्बन्धी पुरानो समस्या पनि रहेछ गंगाल अस्पतालमै लानु भनेपछि गंगालाल अस्पताल लैजादा पाठेघर र पेट सम्बन्धी डांक्टर नभएको गंगालाल अस्पतालले प्रतिक्रिया दिए । गंगालाले फेरि टिचिङ लैजानु भनेपछि त्यहाँ लैजादा पनि आइसियु खाली नभएकोले भेनस अस्पताल लैजान सुझाव दिएको पीडित स्रोतले बताए ।

अहिले टिचिङ]=अस्पतालको सघन कक्षमा बिरामीको उपचार भई रहेको छ । आर्थिक अवस्थाले पिल्सिएर प्राणघाटक रोगले च्यापिदा पनि विभिन्न अस्पतालहरुको यस किसिमको पैसा मुखी र व्यापारिक शैलीले अकालमा नै कयौ बिरामीहरुले ज्यान गुमाउनु परेको छ । नेपालको कुनै पनि प्रशासनिक व्यावस्था राम्रो त छैन नै । कुनै मालपोत कर कार्यलय,मन्त्रालय तथा सरकारी, गैरसरकारी सबै कार्यलयको सेवा यस्तै छ । तर बिरामीको ज्यान बचाउने अस्पताल समेत पैसाकै पछि लागेर बिरामीको पीडामाथी झन पीडा थप्ने काम निन्दनीय र खेद प्रकट रहेको छ ।

बिरामी राईको मुटु,पाठेघर मात्र नभएर किड्को समेत समस्या देखापरेको छ । डाक्टरहरुको अनुशार उहाँको मुटुको साथै किड्नी, डिम्बासयमा इन्फेक्सन देखिएको छ । उनको सबै ग्रसित अंगको अप्रेशन नै गर्नु पर्ने डाकटरहरुले सुझाब दिएको पनि परिवार स्रोतले बताएको छ । यति धेरै रोगको एकैचोटी सिकार बनेकी राईको परिवार यतिखेर दयनीय अवस्थामा छन् । गरिब परिवारमा जन्मेकी उनी तीन बर्षको हुदै बुवाको मृत्यू भई सकेको र सानैदेखि रोगी भएकै कारण अनेक बनीबुटो हाजिरा गर्दै एकल बृद्ध आमाले पालनपोषण गर्दै आएका थिए ।

अलि ठूली भए पछि गाँउकै केटोसँग बिहे गरेको र श्रीमान पनि त्यही नै घर ज्वाईको रुपमा बस्दै आएका थिए । जसोतसो घर व्यवहार चलाउदै आएका थिए । उनी आफैले नै ऋण काढेर श्रीमानलाई केही समय पछि रोजगारीको सिलसिलामा विदेश पठाएका थिए । अहिले २० बर्ष भई सकेको छ, कुनै अत्तो न पत्तो भएर बेखवर बसेको छ । उनको दुई छोरी र एक छोरा छन् । उनीहरुले नै अहिले उनको हेरचाह गरि रहेका छन् । भेनस अस्पतालमा तीन दिन बस्दा ५३ हजार विल उठेको उनको जेठी छोरी समिता राईले बताइन् ।

आफूहरुको आर्थिक स्रोत कुनै नभएको र भर्खर मात्र आफूले पनि जब सुरु गरेको तर ममीको अवस्थाले गर्दा जब पनि छोडेको समिता राईले कलाखबरलाई जानकारी दिइन् । दैनिक १५ देखि २० हजार सम्म खर्च हुने जानकारी दिदै ४० हजार ऋण ल्याएको पनि सकिएको छोरी समिताले बताइन् । अब औषधी किन्ने पैसा पनि नभएर के गरौं र कसो गरौं भन्ने अवस्थामा यो परिवार छटपटि रहेका छन् । अब हारगुहार र कुनै सहयोग माग्नुको कुनै विकल्प नै छैन ।

मानवीय भावना र कोमल ह्रदय भएकाहरुले बिरामीको आफनो सीधा खाता नं नभएकोले भदैनी विषा राईको नेपाल ईन्भेष्टमेन्ट बैंकमा रहेको खाता नं ०३८०५०८०३३८५६१ मा आफ्नो इच्चा अनुसारको सहयोग जम्मा गरिदिन अनुरोध गरिएको छ । थप जानकारीका लागि बिरामीको छोरी समिता राईको मोबाईल नं ९८६६५९९७८५ र भदैनी विषा राईको मोबाईल नं ९८०८६८६६३७ मा पनि सम्पर्क गर्न सक्नु हुन्छ । यतिखेर देबिकला राई बचाउ अभियानमा विभिन्न सामाजिक अभियन्ताहरु लागिपरेका छन् ।

सहयोगी हातहरुबाट केही रकम पनि उठाई सकेको फलैचा रेष्टुरेण्डका सञ्चालक उमेश राईले जानकारी दिनुभयो । साथै उहाँले देश बिदेशमा रहेका सबै जना यो अभियान लागेर बिरामी देबिकला राई लाई नयाँ जिवन दिन अपिल गरेका छन् । यो अभियानको बिषयमा थप जान्नका लागि निम्न नम्बरमा सम्पर्क सकिने पनि उहाले बताउनु भयो ।

सकिनेउमेश राई ः ९८६०७४९३१३
ईन्द्र साम्पाङ राई ः ९८६४४६०११६
तेन्जिङ राई ः ९८५१०६३६६८

प्रतिक्रिया दिनुहोस्