Logo

ठगी धन्दा गर्ने एक महिला चावहिलको के एल टावरबाट पक्राउ


कलाखबर संवाददाता,१८,मंसिर–काठमाण्डौं । ठगी धन्दा गर्ने एक महिला राजधानी काठमाण्डौंको के एल टावरबाट शुक्रबार पक्राउ परेको छ । बैदेशिक रोजगारीमा अष्ट्रेलिया पठाउँछु भन्दै ६ लाख ठगी गर्ने एक महिला पक्राउ पछि जेल चलान भएकी हुन् । अर्घाखाँची जिल्लाको साविक बाँगी–८ घर भइ काठमाडौं बस्दै आएकी बसन्ता आचार्य वैदेशिक रोजगार न्यायधिकरणको फैसलाले १ वर्ष ६ महिनाका लागि जेल चलान गरेको हो ।

उनी गत असार देखि फरार रहेका थिए । आचार्यले २०६९ कार्तिक १० गते रु ६ लाख लिएर अष्ट्रेलिया नपठाएपछि गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका हरी थापाले उनी बिरूद्ध २०७२ सालमा बैदेशिक रोजगार न्यायधिकरणमा मुद्दा दायर गर्नुभएको थियो ।

न्यायधिकरणले गत असार १८ मा आचार्यले ठगी गरेकोले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो । आचार्यले बैदेशिक रोजगार ऐन २०६४ दफा १० र ४३ बमोजिम कसुर गरेकोले विगो ६ लाख र विगोको ५० प्रतिशत हर्जना ३ लाख गरी रु ९ लाख वादीलाई भर्नुपर्ने समेत न्यायधिकरणको फैसलामा उल्लेख गरिएको छ । न्यायधिकरणको फैसलापछि फरार रहेकी उनलाई पक्राउ गरेर कारागार जलान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्