Logo

८ केजी सुन सहित मध्यरातमा दुई चिनिया नागरिक पक्राऊ



कलाखबर संवाददाता,१३,मंसिर–काठमाण्डौं । अवैद्ध रुपमा ८ केजी सुन लिएर नेपाल छिरेका दुई चिनिया नागरिक बिहिबार मध्य रातको ११ बजे पक्राउ गरिएको छ । होङकङबाट अबैद्ध रुपमा सुन लिएर नेपाल छिरेका ति चिनिया नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरुको नाम एक जनाको चेन छिन्जुवङ खुल्न आएका छन् भने एउटाको नाम खुलाएको छैन । उनीहरुलाई अहिले सोधपुच्जको लागि गौशला प्रहरी परिसरमा राखिएको छ ।

नेपाल एयरलाइन्सको विमानमार्फत उनीहरु नेपाल आउदंै गर्दा दुवैलाई प्रहरी वृत्त गौशलाले पक्राउ गरेको हो । अहिले थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्