Logo

प्रम ओलीको स्वास्थ्यमा सुधार र मृगौला दिन दुई महिला तयार


कलाखबर संवाददाता,१२,मंसिर–काठमाण्डौं । प्रम ओलीको स्वास्थ्यमा केही सुधार आएको छ । आजको सबै रारिष्ट्रय दैनिक पत्रिकामा यो समाचारले निकै चर्चा पाएको छ । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महराजगञ्जस्थित कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार उनको एपेनिडसाइटिसको शल्यक्रिया गरिएको थियो ।

उनको स्वास्थ्य अवस्थामा मंगलबारभन्दा बुधबार सुधार आएको सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीका लागि नयाँ मिर्गौला दिनका लागि नयाँ मिर्गौला दिने नातेदारको स्वास्थ्य परीक्षण भइरहेको छ । पेटको आकिस्मक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरु खोजिसकिएको थाहा भएको छ ।

नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले रिजेक्ट गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निर्णयमा पुगेपछि सम्भावित दाता खोज्न थालिएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने एक जना गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ ।

स्रोतका अनुसार ससुरालीतर्फबाट नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर काटेकी छन् भने घरतर्फ नाता पर्ने झापाकी युवती ३५ वर्षमूनिकी छिन् ।

प्रतिक्रिया दिनुहोस्