शान्त कुमार राईको प्रस्तुतीमा निर्मित “नक्कली ओई नक्कली” गीतको म्यूजिक भिडियो बजारमा व्यापक चर्चा

कलाखबर संवाददाता,८,मंसिर–काठमाण्डौं । कृस्ती किराती लिसराको निर्देशन तथा शान्त कुमार राईको प्र्रस्तुती रहेको निकै मार्मिक र रोचक गीतको म्यूजिक भिडियो बजारमा सार्बजनिक भएको छ । युगल जोडी बीचको आपसी माया प्रेम प्रसंग यस भिडियोमा समेतिएको ।
“नक्कली ओई नक्कली” बोलको गीतमा लोक प्रीय गायीका मेलिना राई र गायक निशान राईले स्वर लहरी भरेका छन् । यो गीतको भिडियोमा चर्चित कलाकार तथा मोडल सीता राई,सन्तोष राई र हित शंकर कुलुङ राईले रोचक अभिनय गरेका छन् ।
साहित्यकार प्रयास दुमी राईको शब्द रचना तथा वरिष्ठ संगीतकार डाक्टर किराँतको संगीत यस गीतमा रहेको छ । बुद्ध स्याङबो र चन्द्र चौधरीको एरेन्ज रहेको गीतको भिडियोलाई दिनेश पराजुलीले छाँयाङ्कन गरेका हुन् भने उत्तर राणा मगरले सम्पादन गरेका हुन् ।