नायक दिलिप राय माझीसँग डेटिङ जान मन छ ः गायीका विनिता राई
कलाखबर संवाददाता,७,मंसिर–काठमाण्डौं । उदयपुर जिल्लामा जन्मेर राजधानी काठमाण्डौंलाई आफ्नो साँगीतिक कर्मथलो बनाएकी गायीका बिनिता राईले सयौं गीतमा स्वर लहरी भरि सकेकी छन् । सानै उमेरदेखि गीत संगीतमा लागेकी उनी अहिले यही क्षेत्रमा नै रमाउदै आएकी छन् । हजारौं दर्शकको मनलाई जित्न सफल गायीका राई विभिन्न स्टेज शो को क्रममा देश विदेशमा समेत यात्रा गरि सकेका छन् ।
बुधबार कलाखबर टि.भि.मुन्धुम स्टार र मुग्लानी अनलाईन खबरसँग एकैचोटी अन्र्तवाता दिदै आफूले सबै भन्दा मन पर्ने कलाकारहरु मध्येमा दिलिप रायमाझी भएको पनि गायीका राईले बताइन् । घुमफिर गर्नु प¥यो भने कोसँग रमाईलो लाग्छ भनेर कलाखबरले सोधेको जवाफमा उनले दिलिप रायमाझीसँग डेटिङ जाने चाहाना भएको व्यक्त गरिन् ।
मेरो मन पर्ने नायक दिलिपि रायमाझी हो, म उहासँग डेडिङ जान तयार छु गायीका राईले भन्नु भयो । सफा मन र विचार बोकेर जो सँग पनि रमाईलो गर्दा केही नहुने गायीका राईले बताइन् । गायीका राईले हरेक कलाकार अगाडी बढ्दा आफ्नो करिअर र समाजको लागी एक्दमै राम्रोसँग ख्याल गर्नु पर्ने बताइन् ।
कलाकार भन्दैमा समाजले नपच्ने र नराम्रा विकृति ल्याउने फैलाउने किसिमको क्रियाकलाप भने कलाकारले गर्न नहुने गायीका राईको भनाई थियो । गायीका राईले चोली राम्रो मखमलको,लैजा लैजा लगायतका अनगिन्ति गीतहरु गाइसकेकी छन् ।