Logo

चलचित्र “मखमली मखमली”ट्रेलर सार्बजनिक, मंसिर १३ गते बाट मुलुकभर प्रदर्शनमा आउने


कलाखबर संवाददाता,२,मंसिर–काठमाडौं । नेपाली कथानाक चलचित्र मखमलीको ट्रेलर सार्बजनिक भएको छ । राजु गिरीको निर्देशनमा बनेको चलचित्र “मखमली मखमली”आगामी मंसिर १३ गतेबाट सबै हलहरुमा एकै साथ प्रदर्शन हुने भएको छ । त्यसको तयारीका लागि तीव्र रुपमा प्रचार प्रसार भईरहेको निमार्ण पक्षले जनाएको छ ।

चलचित्रकर्मी तथा गीतकार साबित्र चिलुवाको आफ्नै जिवन कथामा आधारित चलचित्र “मखमली मखमली” मा यथार्थपरक कथाबस्तु तथा नारी वेदना र महिलाहरुले भोग्नु परेका दुख पिडालाई मुख्य विषय वस्तुको रुपमा समेतिएको छ । यो चलचित्रमा मुख्य भुमिकामा  नायक जयकिशन बस्नेत र शुभेच्छा थापाको रोचक अभिनय रहेको छ ।

 

यस चलचित्रमा फरक अभिनयमा देखा परेकी नायिका शुभेच्छा थापालाइ गाउले परिवेशमा देख्न सकिन्छ ।  चलचित्रमा, कलाकार सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ तथा अन्य चर्चित कलाकारहरुको समेत दमदार अभिनय रहेको छ ।

मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन् । बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा रामेश्वर हुमागाईको छायाँकन रहेको चलचित्र राजु गिरीले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्