Logo

चुनाव बहिष्कारसँगै नेकपा माऔबादी केन्द्रद्वारा जनतासँग घरदैलो अभियान सुरु


कलाखबर संवाददाता,१,मंसिर –बारा । गोपाल किराँतीको नेतृत्वमा फेरि व्यूझेका नेकपा माऔबादी केन्द्रले आगामी चुनाव शसक्त रुपमा वहिष्कार गर्ने भएको छ । चुनावको प्रचार प्रसार र तयारी गर्नुको बदला नेकपा माऔबादी केन्द्र जनतासँग घरदैलो अभियान गर्दै आफ्नो पार्टी विस्तारमा लागेका छन् । आईतार प्रदेश नं २ को आयोजनामा गढिमाई नगरपालिकामा भेला तथा साक्षात्कार कार्यक्रम नेकपा माऔबादी केन्द्रले गरेको छ ।

सो अवसरमा गढिमाई मन्दिर आसपासमा सरसफाई तथा उपनिर्वाचन बहिष्कार कार्यक्रम पनि पार्टीले गरेको छ । नेकपा माऔबादी केन्द्रले देश रक्षार्थ संविधान पुनरलेखन गरौं भन्ने मुल नारा सहित विशेष कार्यक्रम गरेको हो । सो कार्यक्रमा नेकपा माऔबादी केन्द्रका अध्यक्ष ओप प्रकाशको प्रमुख आतिथ्यमा प्रदेश नं २ का अध्यक्ष बब्लु सिंह,पार्टीको केन्द्रिय सदस्य तथा किराँत राष्ट्रिय मुक्ति मोर्चाको उपाध्यक्ष सुमन बाङदेल,पार्टीका केन्द्रिय सदस्य रोशन राना लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरु उपस्थित भएका थिए ।

गढिमाई नगरपालिकाका कर्मचारी र पन्चबर्षिय श्री गढिमाई मेला २०७६ मुल समितिले कार्यक्रमलाई सफल बनाउन भरपुर सहयोग गरेको सुमन केन्द्रिय सदस्य बाङदेलले बताए । कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण सहयोग गरेकोमा पञ्च बर्षीय श्री गढिमाई मेला २०७६ मुल समितिलाई नेकपा माऔबादी केन्द्र प्रदेश २ अध्यक्ष बब्लु सिंहले धन्यबाद दिए ।

नेकपा माओवादी केन्द्रले देश ब्यापी रुपमा संगठन बिस्तार गर्दै आएको छ । शान्ति र समाजवाद बिरोधी उपनिर्बाचन बहिष्कार गर्न र पार्टीको संगठनका बिस्तार अभियान प्रदेश नं २ मा चलिरहेको पार्टिको केन्द्रीय सदस्य सुमन बाङ्देलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्