Logo

जनतासँग घरदैलो अभियान चलाउदै नेकपा माऔबादी केन्द्र


कलाखबर संवाददाता, मंसिर,१–बारा । नेकपा माऔबादी केन्द्रले उपनिर्वाचन बहिष्कारसँगै पार्टी विस्तार कार्यलाई पनि तीव्र रुपमा अगाडी बढाउन थालेको छ । बारा र काठमाण्डौंको साझेदारीमा नयाँ नेपाल संस्थागत गर्न र उत्पीडित बर्ग, जाती, क्षेत्र, महिलाको संयुक्त राज्यसत्ता निर्माण तथा समाजबादी राष्ट्रिय एकीकरण पहल गर्न जनताको घरदैलो अभियान नेकपा माऔवादी केन्द्रले थालेको छ ।

उक्त अभियान अन्र्तगत नेकपाले प्रदेश नं २ बारा जिल्लामा पार्टी विस्तारसँगै जनताको घरदैलो कार्यक्रम गर्न थालिएको हो । सो अभियान अन्र्तगत नेकपा माओवादी केन्द्र, प्रदेश नम्बर २ का अध्यक्ष बब्लु सिंह, केन्द्रिय सदस्य तथा किरात मुक्तिमोर्चाका उपाध्याक्ष सुमन बाङ्देल, केन्द्रिय सदस्य रोशन राना लगायतका नेता तथा कार्यकर्ताहरु रहेका छन् ।

शान्ति र साम्यवादका निम्ति आगामी उपनिर्वाचन बहिष्कार गर्दै आफनो पार्टीको बैचारिक तथा संगठनात्मक अभियानलाई अगाडी बढाउन लागिएको केन्द्रिय सदस्य सुमन बाङ्देलले बताए । जनताको माझ र जनताको घर एक उत्कृष्ट बिश्वबिद्यालय हो, जहाँ कुनै बिश्वबिद्धालयमा यस्तो शिक्षा पढाइ हुन्दैन भन्ने महान नेता माओले भनेको स्पोक्तिलाई वाङदेलले स्मरण गराएका थिए ।

वर्तमान सरकार र कुनै पार्टीले आम जनताको चाहाना र सपनालाई पुरा नगरेकोले त्यो अभियानलाई पुरा गर्न आफ्नो गौरब शाली पार्टी फेरि जनताको घरदैलो अभियानमुखी कार्यक्रममा लागि रहेको पनि वाङदेलले जानकारी दिए ।

आफूहरुको १८ बुढे मागलाई वेवास्ता गर्दै सरकारले जनताको आँखामा छाँडो हाल्ने घटिया चुनाव गर्न लागिएकोले नेकपा माऔबादी केन्द्रले सशक्त रुपमा वरिष्कारका कार्यक्रमहरु गर्न थालिएको प्रदेश नम्बर २ का अध्यक्ष बब्लु सिंहले बताए । सो कार्यक्रम अन्र्तगत भिते लेखन, प्रचार(प्रसार, जनतासंग साक्षात्कार पार्टीको बिचार र दर्शन, सडकमा कोण सभा हुन्दै प्रदेश स्तरीय एक बृहत् कार्यक्रम रहेको पनि अध्यक्ष बब्लु सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्