Logo

नेकपा माऔबादी केन्द्रद्वारा ४१ सदस्य सहितको प्रदेश ३ समिति गठन


कलाखबर संवाददाता,३०,कात्तिक – भक्तपुर । नेकपा माओवादी केन्द्रले प्रदेश ३ को उत्तराधिकारी संगठन युवा कम्युनिस्ट लिग वाइसीएल भेला भव्य रुपमा सम्पन्न गरेको छ । शनिबार भक्तपुर जिल्लाको सूर्यविनायक शुभकामना पार्टी प्यालेसमा सो कार्यक्रमको आयोजना गरिएको हो । यसै कार्यक्रमकाबीच उक्त भेलामा माऔबादी केन्द्रले प्रदेश नं ३ अन्र्तगतका १३ जिल्लामा आफ्नो नयाँ प्रदेश समिति गठन गरेको छ ।

सुमन बडासैनीको अध्यक्षतामा बसेको भेलाले शंकर प्रधान अध्यक्ष, अशोक गजुरेल उपाध्यक्ष,सुनिता दुलाल र जितेन सिम्खडा सचिव तथा उपसचिव र ३६ सदस्यहरु गरि जम्मा ४१ सदस्यहरुको प्रदेश ३ को समेति गठन गरिएको हो । सो भेलालाई वाइसियलका कार्यवाहक अध्यक्ष तथा प्रदेश नं ३ इन्चार्ज प्रकाश दुमी राईले सम्वोधन गरेका थिए ।

कार्यक्रम्मा बोल्दै डवल नेकपा राष्ट्रघाती भएको र आफ्नो अस्तित्व लुटिदा सम्म पनि यो सरकारले टुलुटुलु रमिता हेरी रहेको अध्यक्ष राईले राईले बताए । यो कुरा अब वाईसीयलले नसहने पनि उनले बताए । युवाहरुलाई शुभकाना दिदै अर्का विद्यार्थी मोर्चा अध्यक्ष आलोक रायमाझीले कम्यूनिष्टको नाममा भ्रष्टचारी भएको बताए ।

देशको सिमा रक्षाको लागि आवाज उठाउँदा राष्ट्रघाती सरकारले उल्टै पक्रेर आफ्नो कुरुप औकार देखाएको पनि उहाँले बताउनु भयो । साथै अनेक मानसिक यातना दिएर आफ्नो दुई तिहाईको डम्ब सरकारले देखाएको अलोक रायमाझीको भनाई थियो । अहिलेका सत्ता चलाउने नेताहरु देशका नागरिक नभएको बताउदै अब यस बिषयमा देश र जनताको सुरक्षा तथा सर्मपणका लागि अब वाइसीयलले जिम्मा लिनेबेला आएको  माझीले बताए ।

अब सरकार यस विषयमा होसियार रहन पनि खबरदारी गरेका छन् । कार्यक्रममा अन्य पार्टीका नेता कार्यकताहरुले समेत आफनो धारणा राख्दै  निवार्चित नयाँ समिति सदस्यहरुलाई शुभकाना दिएका दिएका थिए । पार्टी अध्यक्ष गोपाल किराँती साइँलाले दुष्मुनको अगाडी कहिल्यै पनि नझुन निर्देशन दिदै आफ्नो पार्टीका बफादार वाईसीयलहरुलाई शुभकामना दिनु भयो ।

देश र जनताको सेवक भएर अब माऔबादी केन्द्र अगाडी बढ्ने बताउदै महान जनविद्रोहको व्यापक तयारीमा रहन कार्यकर्तालाई अनुरोध गरेका थिए । नयाँ समितिका पदाधिकारीहरुलाई वाइसियल केन्द्रिय सचिव कपिल सिजापतिले सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्