प्रदेश सरकार सांसद दिपक मनाङे द्वारा गरिब तथा बिपन्न बर्गलाई घर हस्तान्तरण

कलाखबर संवाददाता,२६,कात्तिक–काठमाण्डौं । गण्डकी प्रदेश सरकार सांसद राजिब गुरुङ९ दिपक मनाङे० ले गरिब तथा विभिन्न वर्गलाई घर निर्माण गरि हस्तान्तरण गरेको छ । मनाङ स्थित दलित बस्तिमा २५ घर निर्माण गरि गरिब तथा बिपन्न बर्गलाई हस्तान्तरण गरिएको हो । जनता आवाज कार्यक्रम २०७५ अन्तर्गत भौतिक तथा पुर्वाधार बिकाश मन्त्रालय गण्डकी प्रदेश मनाङ ख का प्रदेश सांसद राजिब गुरुङ ९ दिपक मनाङे० पछिल्लो समय सशक्त रुपमा समाजसेवामा आवद्ध हुदै आएको छ ।
प्रति घर रु ३,५०००० हजारका दरले २५वटा घर निर्माण गरिएको मनाङ्गेले बताए । सो घर मनाङ जिल्लाको विपन्न वर्गहरुलाई हस्तान्तरण गरिएको छ । गुण्डा नाइके भनेर चिनिएका दिपक मनाङ्गेलाई उनको यो कामले भने समाजिक अभियन्ताको रुपमा विस्थापित गरेको छ । उनको यस किसिमको सामाजिक कामले यतिखेर मनाङबासी निकै उत्साहित भएका छन् ।
गत चुनावमा मनाङ बासीको अध्याधिक मत पाएर प्रदेश सरकार सांसद भएका दिपक मनाङे यतिखेर आफ्नो जिल्लाको समग्रह विकासमा लागि परेका छन् । मनाङ जिल्लाको सडक, खानेपानी,बिजुली, खेलकुद लगायत विभिन्न क्षेत्रमा तिव्र विकास हुनुपर्छ,मानाङ बासी जनताले सुख अनि शान्तिको स्वास फेर्न पाउनुपर्छ भन्ने उद्देश्यले आफू निरन्तर लागि परेको मनाङ्गेले बताए ।
स्पष्ट भिजन तथा खरो स्वभावका सांसद मनाङेले विकासका काममा ढिलासुस्ती,अनियमितता,तथा लापरवाही गर्ने जो कोहीलाई पनि नछाड्ने बताए । उस्तै परे जेल हाल्ने पनि बाँकी नराख्ने कारवाहीको काममा पनि आफै अगाडी बढ्ने संकेत गरे । जनताको हरेक भावनामा समर्पित सांसद मनाङेको कार्यप्रति स्थानीय जनताले खुसी ब्यक्त गर्दै राहत महसुस गर्न थालेका छन।