ब्रेन टयूमर पीडित हिमाल घलेलाई सहयोग रकम हस्तानतरण

कलाखबर संवाददाता,२५,कात्तिक, काठमाण्डौं । ब्रेन टयूमर प्राण घाटक रोगले पीडित हिमाल घलेलाई आर्थिक सहयोग रकम हस्तानतरण गरिएको छ । नुवाकोट धादिङ रसुवा समाज कवेतद्वारा संकलित आर्थिक सहयोग रकम मुग्लानी अनलाईन खबर मिडिया मार्फत आईतबार हस्तान्तरण गरिएको हो । धादिङ जिल्लाको विकट रुबिभ्याल्ली गाउँपालिका वडा नं २ का स्थानीय वासिन्दा हिमाल घले लामो समयदेखि ब्रेन टयूमर रोगले थला पर्दै आएको छ ।
उनको आर्थिक अवस्था निकै कम्जोर भएका कारण सुरुमा पीडितको समाचार सम्प्रेषण गर्दै आएका मुग्लानी खबरले पनि आर्थिक सहयोग संकन अभियान थालेको मुग्लानी अनलाईन संचालक दिल माया तामाङले बताउनुु भयो । आफूहरुको पहलमा दुई चोटी रकम वितरण गरि सकिएको बताउदैै फेरि पनि ९ बर्षीय वालक हिमाल घलेको अवस्था हेरेर यो अभियानलाई निरञ्तर अगाडी बढाउने तामाङले बताइन् ।
नुवाकोट धादिङ रसुवा कुवेतका वरिष्ठ उपाध्यक्ष तथा मुग्लानी खबर कुवेत प्रतिनिधि ईमान तामाङ, कोषा अध्यक्ष कार्लो तामाङ र साँस्कृतिक बिभाग उपप्रमुख रिता माया तामाङको नेतृत्वमा कुवेत स्थित कार्यरत नेपालीहरुबाट उठेको रकम ४२,४२५ रुपैया आईतबार पीडितलाई हस्तान्तरण गरिएको हो । सो रकम मुग्लानी अनलाईन खबर मिडिया मार्फत खरो राजनीति विष्लेषक डां सुरेन्द्र के.सी.ले हस्तान्तरण गर्नु भएको थियो ।
रकम हस्तानरण पछि डा.के.ले पीडित हिमाल घलेलाई मृत्यूको मुखबाट जोगाउन मुग्लानी अनलाईन खबर मिडियाले समाजरुपी ऐनाको काम गरेको बताउनु भयो । साथै सरकारले गर्ने र सरकारले नै देखने काम यो मिडियाले गरेकोमा प्रशंसा सहित धन्यबाद दिनु भयो । दिन दुःखी पीडितकोे नाममा छुटयाइएको रकम सरकारले वास्तविक पीडितलाई दिएको छैन । त्यो रकम कहाँ गयो ? भनेर डा.के.ले खरो प्रश्न उठाउनु भएको थियो ।
पीडित बलाकका बुबा हेम घलेले रकम बुझनु भएको थियो । आफुहरुको पीडा र अवस्थालाई समाचारको माध्यमबाट सहयोगी दाता सम्म पु¥याएर मुग्लानी अनलाईन मिडियाले ठूलो गुण लगाएको उहाँले बताउनु भयो । आफनै छोरा सम्झेर सहयोग गर्ने सबै सहयोगीहरुलाई धन्यबाद दिदै यो गुणलाई कहिल्यै पनि नबिर्सिने बताउनु भयो । अहिले सम्म ६ महिनाको अवधीभर करिब तीस लाख भन्दा बढी खर्च भई सकेको पनि उहाँले जानकारी दिनु भयो ।
रकम हस्तानतरण गर्न राजनीति विश्लेषक डा. सुरेन्द्र के.सी.मुग्लानी अनलाइन खबरका ,अध्यक्ष थर्च लामा,प्रबन्ध निर्देशक दिलमाया तामाङ राणा , नुवाकोट धादिङ रसुवा समाजका वरिष्ठ उपाध्यक्ष तथा मुग्लानी खबर कुवेत प्रतिनिधि ईमान तामाङ , टेलिभिजन कुशल प्रत्रकार राज कुमार राई र समाजसेवी गोपाल राणा लगायतका टोली पुगेका थिए । पीडित वालकलाई नयाँ जीवन दिन आफूहरुले चालेको अभियानमा सबैले साथ दिएर सहयोग गरेकोमा संस्थाका वरिष्ठ उपाअध्यक्ष इमान तामाङले धन्यवाद दिनु भयो ।
पीडित वालकको लागि कुवेतमा रहेका नेपालीहरु नुवाकोटबाट सितामान तामाङ, केसब बि।क, छिरिङ तामाङ , हित माया तामाङ,धर्म तामाङ, गणेश तामाङ, ,सुर्य तामाङ र धादिङबाट कुल बहादुर तामाङ ,लाल माया तामाङ, ,अबिनास तामाङ ,सलमाया तामाङ ,राकेश तामाङ , सर्चित माया तामाङ ,सीता माया तामाङ,चो माया तामाङ, कार्लो तामाङ,मोटु माया तामाङ,नुनि माया तामाङ र रसुवाबाट निमा घले ,सुमिना लोप्चन,माया तामाङ,माया मोक्तान, चन्द्र बहादुर तामाङ, तथा तनहुँबाट लुक बहादुर तामाङ आदी रहेका छन् ।