Logo

आई.के.यु नेपाल संघद्वारा क्यू कुसिन कराँते प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण


कलाखबर संवाददाता,२३,कात्तिक–काठमाण्डौं । आई.के.यु नेपाल संघले क्यू कुसिन कराँते प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको छ । शनिबार राजधानी काठमाण्डौंको ठमेल स्थित जिएए हलमा आयोजित सो कार्यक्रममा क्यू कुसिन कराँते गुरु तथा नेपाली चलचित्र जगतका ख्याती प्राप्त द्वन्द निर्देशक राजेन्द्र खड्कीले प्रशिक्षार्थीहरुलाई सो प्रमाणपत्र वितरण गरेको हो । प्रमाणपत्र वितरण पछि कार्यक्रममा बोल्दै खलनायक तथा द्वन्द निर्देशक राजेन्द्र खड्कीले सम्मानीत प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिएका दिनुभयो ।

साथै निर्देशक खड्कीले लामो समयदेखि खेलकुद क्षेत्रमा योगदान दिनुभएकोमा आई.के.यु नेपाल संघका अध्यक्ष सूर्य लामालाई धन्यबाद दिनुभयो । खेलकुद क्षेत्रमा केहि गर्ने उद्देश्यका साथ ५४ रोपनी जग्गा पनि नेपाल सरकारले उपलब्ध गराई सकेको खड्गीले बताए । जसरी चलचित्र जगतमा दर्शकले रुचाए त्यसरी नै यो नयाँ प्रोजेक्टमा पनि आम नेपाली दाजुभाई दिदीबहिनीहरुले साथ सहयोग गर्ने ठूलो विश्वास रहेको बताउनु भयो ।

आई.के.यु नेपाल संघका अध्यक्ष तथा कराँते गुरु सूर्य लामाले खेलकुद राष्ट्रको एउटा पहिचान झल्काउने गहना भएकोले सरकारले यस क्षेत्रमा पनि ध्यान दिन आवश्यक रहेको बताउनु भयो । साथै आफूले यो संस्था सञ्चालन गर्ने क्रममा जिएए हलले महत्वपूर्ण सहयोग गरेको स्मरण गर्दै धन्यबाद दिनु भयो ।

कार्यक्रममा आई.के.यु नेपाल संघका महासचिव सुवास तामाङ, सल्लाहकार कुल बहादुर गुरुङ, वरिष्ठ संगीतकार तथा गायक मीन सागर लामा लगायतका व्यक्तित्वहरु उपस्थित भएका थिए । कार्यक्रम्मा सहभागी हुन आएका प्रमुख अतिथि तथा चलचित्र जगतका द्वन्द निर्देशक राजेन्द्र खड्कीलाई प्रशिक्षक तथा प्रशिक्षार्थी सबैले फूलमाला तथा खदा लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्