Logo

विकास नगर्ने जनप्रतिनिधिहरुलाई यसो गर्दा कसो होला चेतनाको लागि सबैले एक शेयर गरौं


कलाखबर संवाददाता,२१,कात्तिक–काठमाण्डौं । मकवानपुरको अति विकट राक्सिराङ गाँउपालिकाको वडा नं ८ महांकाल बस्तीमा भीआईपी बनेर कार्यक्रम्मा पुगेका जनप्रतिनिधिहरुलाई स्थानीयले फूलको माला लगाएर स्वागत गरी गाग्रो भरि पानी बोकाएर उकालो हिडाएका थिए । सो गाँउमा पहिलेदेखि नै खानेपानीको बिकराल समस्या सुनाउदा पनि कानमा तेल हालेर नेताहरु बसेपछि विरोध स्वरुप गोप्य रुपमा यो कार्यक्रमको आयोजना गरिएको हो ।

तब मात्र उनीहरुलाई थाहा भयो गाउँमा पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा । स्थानीय जनज्योति प्राथमिक विद्यालयको नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिहरुलाई आफ्ना समस्याबारे व्यबहारिकरुपमा बोध गराउन नयाँ तरिका अपनाउदा उनीहरु छक्क परेका थिए । पानीले भरिएका गाग्री डोकोमा राखेर आफूहरुजस्तै आधा घण्टाको उकालो बाटो हिडाउदा जनप्रतिनिधिहरुले बल्ला दुःख महशुस गरेका थिए ।

नेताहरुको चेत खुल्छकी भन्ने हिसाबले यो गाँउलेहरुले यो आइडीया अपनाएको हो । गाउँलेहरुको त्यो उपाय सफल भएको खबर आजको समाचार पत्र दैनिकले पनि प्रकाशन गरेको छ । त्यो गाउँका स्थानीय महिलाहरु झिसमिसेमै ठाडो उकालो÷ओरालो गर्दै करिब दुई घण्टा हिँडेर खोलामा पुगी डोकोमा गाग्री हालेर पानी घरमा ल्याउने गर्छन्।

प्रदेश सांसद् सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, वडा–८ का अध्यक्ष रामकृष्ण प्रजा, ९ नम्बर वडा अध्यक्ष रामकुमार थिङ, नेपाली कांग्रेस मकवानपुरका पूर्वजिल्ला सभापति रघुरमण न्यौपाने र नेकपा राक्सिराङ अध्यक्ष हस्तबहादुर मुक्तानले पानी भरेर राखिएको गाग्री बोकेका हुन्। सांसद् र जनप्रतिनिधिलाई गाग्रीमा पानी बोकाउँदा स्थानीय पेट मिचीमिची हाँसेका थिए।

यसरी नै यहाँका स्थानीयहरु डोकोमा पानी बोक्न बाध्य भएको विद्यालय व्यावस्थापन समिति अध्यक्ष जयबहादुर तितुङले नेताहरुलाई भने । साथै उहाँले आफूहरुको वास्तविक पीडालाई अनुभव गर्न उहाँहरुलाई गरिएको क्रियाकलाप प्रति माफी समेत माग्नु भयो ।

गाउँपालिकाका अध्यक्ष मल्लले लामो सास फेरेर भने, ‘तपाईंहरुले यसरी सिर्जनात्मकढंगले आफ्ना आवश्यकता बोध गराउनुभयो। चालु आर्थिक वर्षमै खानेपानी समस्या समाधान गर्नेछौं । यो हाम्रो प्रतिवद्धता भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्