Logo

‘मिसेस ब्यूटी क्वीन’ को नयाँ सिजनमा विवाहित महिलाको प्रतिस्पर्धा हुने


कलाखबर संवाददाता,२१,कात्तिक–काठमाण्डौं । विवाहित महिला केन्द्रित मिसेस व्यूटी क्वीन नेपाल २०१९ तेस्रो संस्करण हुने भएको छ । सो कार्यक्रमलाई सिजन मिडियाले आयोजना गर्ने भएको छ । विवाहित महिलाहको सहभागिता रहने प्रतियोगिता उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गर्दै नेतृत्वदायी क्षमताको विकास गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गर्दै आएको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्ते बताए ।

दश वर्ष लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता गर्दै आएको मिडियाले यो संस्करणमा ३० प्रतियोगी समावेश गराउने आयोजकले जनाएको छ । जसका लागि सहभागी हुन आयोजकले एक विज्ञप्ती जारी गर्दै आवेदन फारम समेत खुल्ला गरि सकेको छ ।

प्रतियोगिताका विजेताले ‘मिसेस व्यूटी क्वीन नेपाल २०१९’को शीर्ष उपाधिका साथ टिभिएस स्कुटर, इन्डोनेसीयाको वाली भ्रमणको लागि ३ वटा हवाई टिकट र विभिन्न गिफ्ट हात पार्ने छन् ।

प्रतिक्रिया दिनुहोस्