Logo

महोत्सवमा सहभागी हुन अभिनेता गोविन्दा नेपाल आउने


कलाखबर संवाददाता,१७ कात्तिक – बलिउड अभिनेता गोविन्दा यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आउने भएका छन् । उनलाई विशेष अतिथिको रूपमा निमन्त्रणा गरिएको चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले जानकारी दिएका छन् ।

उनी कार्यक्रम हुनुभन्दा २ दिन अगाडि नेपाल सेड्युल रहेको अधिकारीले बताएका छन् । जुन सेड्युल गोबिन्दा आफैले बनाएका हुन् । उनी २१ गते बिहानै वीरगन्ज पुग्ने र आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको अधिकारीले जनाए ।

एक समयका निकै चर्चित र रुचाइएका अभिनेता हुन् गोबिन्दा जसको फ्यान फलोअर्स आज पनि घटेका छैनन् । निर्माता सङ्घका अध्यक्ष अधिकारीका अनुसार एक पटकको आग्रहलाई नै स्वीकार गर्दै उनी नेपाल आउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्