Logo

कमलपोखरीको कुमारी हल बन्द हुने


कलाखबर संवाददाता,१७ कात्तिक -कमलपोखरीमा रहेको कुमारी हल भोलीबाट बन्द हुने भएको छ । कुमारी हल करिब एक महिनाका लागि बन्द हुन लागेको वुझिएको छ । क्यूएफएक्स चेन अन्र्तगतको कुमारी हल दर्शकहरुको उच्च चाप हुने हल हो । कुमारी हल नेपाली चलचित्रको प्रिमियरका लागि पनि विशेष मानिन्छ ।

नेपाली चलचित्रको शेयर समेत कुमारी हलबाट राम्रो आउने गरेको छ । मर्मतका लागि हल बन्द गर्न लागिएको हो । हलको ट्वाइटेल र सिटहरु मर्मत गर्ने तयारी गरिएको छ । हल बन्द हुने भएपछि भोलीबाट प्रदर्शनरत चलचित्रको शोज समेत हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्