Logo

ह्यान्डसम केटाको खोजीमा भावना


 

गोरखा स्थायी घर भएकी भावना गुरुङ विगत सात वर्षदेखि अभिनय क्षेत्रमा सक्रिय छन् । गुरुङ भाषाको मौलिक चलचित्र र ‘स्वर्ग मेरो गाउँ’ गरी दुई चलचित्रमा अभिनय गरेकी गुरुङले झन्डै १५ म्युजिक भिडियोसमेत खेलेकी छन् । तर, गुरुङ आफूले खोजेजस्तो भूमिकामा अभिनय गर्न नपाएको गुनासो गर्छिन् । तिनै गुरुङसँग सटकट संवाद : 

उमेर भन्न मिल्छ कि ?
मिल्दैन । स्विट सिक्सटिन !

भाग्यमा कतिको विश्वास लाग्छ ?
लाग्छ एकदमै ! कतिपय आफूले चाहेका भूमिकाका चलचित्रको अफर नआउँदा पनि भाग्यकै कारण हो जस्तो लाग्छ ।

चलचित्रको अफर आउ“छ ?
चलचित्रमा धेरै अफर छन् तर आफूले सोचेजस्तो भूमिका पाउन सकिरहेकी छैन ।

कस्तो भूमिकामा अभिनय गर्न मन लाग्छ ?
कुनै बोल्ड महिलाको भूमिकामा अभिनय गर्ने रहर छ । जसले महिलाको सम्बन्धमा सकारात्मक सन्देश देओस् । नामभन्दा कामले चिनोस् भन्ने लाग्छ । राम्रो काम गरेर देखाउने रहर छ । तर, खोजेजस्तो अफर आएकै छैन ।

कसैको प्रेममा परिएको छ ?
छैन । तर, सिंगलभन्दा कसैले विश्वास नै गर्दैैनन् ।

अफर त धेरैको आउ“छ होला नि ?
आउँछ । तर, मनखाने अझै पाउन सकेकी छैन ।

ब्वाइफ्रेन्ड बनाउने रहर छैन ?
पहिला–पहिला त्यति थिएन तर अहिले धेरै रहर छ । मलाई माया गर्ने, बुझ्ने, मलाई र मेरो परिवारलाई सम्मान गर्ने ह्यान्डसमको खोजीमा छु ।

सेक्सलाई कसरी बुझ्न सकिन्छ ?
प्रकृतिको उपहार । सबै प्राणीलाई आवश्यक पर्छ ।

अनुभव छ कि छैन ?
नो कमेन्ट ।

कसरी अभिनयमा आइयो त ?
म सानैदेखि मोडलिङमा रुचि राख्थें । हाइटी र मिलेको शरीर देखेर सबैले मोडलिङमा जम्नुपर्छ भनेर फुक्र्याउँथे । मलाई पनि रहर भएकाले मामाले फेसन सो क्याटवाकलगायतका विभिन्न कार्यक्रममा अवसर पनि दिनुभयो ।

अभिनय क्षेत्रमा परिवारको सपोर्ट ?
घर परिवारको पूरा साथ छ । बाहिरकाले कुरा काटे पनि परिवारबाट ‘राम्रो गरेर देखाऊ’ भन्ने पे्ररणा
पाएकी थिएँ ।

प्रतिस्पर्धी बजारमा आफू कुन ठाउ“मा छु जस्तो लाग्छ ?
मलाई त मेरो प्रतिस्पर्धी नै छैनन् जस्तो लाग्छ । एक अर्कालाई सहयोग गरेर जाने हो, प्रतिस्पर्धाको कुरै छैन ।

कस्तो अवसरको खोजी छ ?
राम्रो काम गरेर देखाउन चाहन्छु । तर, त्यो समय नै आएको छैन ।

प्रतिक्रिया दिनुहोस्