Logo

‘१२ सत्ताईस’ को फष्टलुक पोस्टर सार्वजनिक


कलाखबर संवाददाता,१२ कात्तिक–जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्र ‘१२ सत्ताईस’ ले तिहारको अवसर पारेर शुभकामना सहित चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गरेको छ ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्रहरूलाई स्थान दिइएको छ । जोनले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्दै छन् । ‘१२ सत्ताईस’ मा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, समरांत थापा, अभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, बिना कार्कीलगायत कलाकारको प्रमुख भूमिका रहेको छ । चलचित्रमा ३ जना बेरोजगार युवाको कथा समेटिएको छ। निर्देशक जोनका अनुसार उत्कृष्ट चलचित्र बनाउन स्टार काष्ट नै चाहिन्छ भन्ने छैन कथा र पात्र बलियो भए चलचित्र राम्रो बन्छ र ‘१२ सत्ताईस’ले पनि दर्शकको मन जित्छ ।

ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रलाई रेणु राना ,दीपक खतिवडा र रूपक थापाले निर्माण गरेका छन् भने चलचित्रका लागी सह निर्माताको रूपमा गौतम शाहको लगानी रहेको छ । आगामी मङ्सिर २७ गते बाट प्रदर्शनमा आउने चलचित्रलाई काफिया फिल्म्स र श्री ब्याङ्कटेश ईण्टरटेण्टमेण्टले वितरणको जिम्मा लिएको छ । निर्देशक जोन योञ्जन कै कथा रहेको यस चलचित्रमा दीपक आर्जेको सङ्गीत, गिरीश खतिवडा र दीपक आर्जेको शब्द रहेको यस चलचित्रलाई अनिश स्याङ्गदेनको छायाङ्कन र कृष्ण भण्डारीको सम्पादन रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्