लभर व्वायको भूमिकामा सफलता हात पारेका आर्यन पहिलो पटक कमेडी भूमिकामा देखा परेका छन् । जीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता अमृत घोले लामा हुन् । भने चलचित्रको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । ‘च च हुई’मा सुशन प्रजापतिको छायाङ्कन, श्री श्रेष्ठको द्वन्द्व, शिशिर खातीको कोरियोग्राफी र राजनराज सिवाकोटी/ रोशन थापाको सङ्गीत रहेको छ । चलचित्र आगामी मङ्सिर ६ बाट प्रदर्शनमा आउनेछ ।