Logo

शिक्षा जगतमा सोचेजस्तो बजेट नआएको कारण सुधार नीतिनआएको प्रचण्डको भनाई


कलाखबर संवाददाता,९,कात्तिक–काठमाण्डौं । राजधानी काठमाण्डौंको चन्द्रग्री तिनथानमा आयोजित वडा अध्यक्ष शौक्षिक विकास कोषको दोश्रो वार्षिक उत्सव तथा साधारण सभालाको उद्घाटन कार्यक्रमा अध्यक्ष प्रचण्डले शिक्षामा सोचे अनुरुपको वजेट प्रयाप्त नभएको कारण शिक्षा नितिमा आमुल सुधार गर्न नसकिएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक समाजिक र राजनितिक विकासका लागि शिक्षा नितिमा व्यापक सुधारको आवश्यकता रहेको समेत औल्याएका छन् । देशको शिक्षा प्रणलीलाई बैज्ञानिक तवरवाट आयआर्जन र विकास मुखी बनाउन शिक्षमा लगानीको आवश्यक रहेको अध्यक्ष प्रचण्डले बताउनु भयो ।

देशको विकास र सुधार शिक्षावाटै हुन्छ,नितिगत सुधार र वजेटमा सुधार गर्न सकिए देश आर्थिक समृद्धि तर्फ उन्मूख हुने निश्चित रहेको अध्यक्ष प्रचण्डको भनाई रहेको थियो । प्रचण्डले फरक प्रसंगमा तत्कालीन मालेले मदन भण्डारीलाई सहज रुपमा महासचिव स्वीकार गरेको स्मरण गर्दै उनले नेकपाभित्र आफूलाई नेतृत्व स्वीकार गर्न नहिचकिचाउन सांकेतिक आग्रह गरे ।

विरोधीहरुले पार्टी फुटाउन र नेताहरुबीच झगडा लगाउन हजार दाउ खोजिरहने भन्दै उनले एकतालाई रक्षा गर्ने दायित्व नेता र कार्यकर्ताको साझा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्