चलचित्र ‘सम्झना बिर्सना’को शुभ-मुर्हुत सम्पन्न

कलाखबर संवाददाता,८ कात्तिक– अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको सहकार्यमा चौथो चलचित्र निर्माण हुने भएको छ । यसै चलचित्रको रिलिजको अवसरमा पूजा र आकाशको प्रमुख भूमिका रहने चलचित्र ‘सम्झना बिर्सना’को शुभ-मुर्हुत गरिएको हो ।
शुक्रवार भद्रकाली मन्दिरमा शुभ मुहूर्त गरिएको चलचित्र प्रेमकथामा आधारित रहनेछ । दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्धतिको प्रेमकथामा आधारित रहने चलचित्रलाई निमेष प्रधानले निर्देशन गर्नेछन् भने आदित्य प्रधान र रेविका प्रधानले निर्माण गर्ने छन् ।
‘सम्झना बिर्सना’मा सुनिल थापा, शिशिर राणा र सिक्किमकी नयाँ कलाकार चाँदनी प्रधानको पनि मुख्य भूमिका रहनेछ । आदित्य फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रलाई शिव ढकालले खिच्नेछन् भने २१ कार्तिकदेखि छायाङ्कनमा जानेछ ।