Logo

‘जस्मिन’को फस्टलूक पोस्टर रिलिज


कलाखबर संवाददाता,८  कात्तिक– प्रेमकथानक चलचित्र ‘जस्मिन’को फस्टलूक पोस्टर रिलिज भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता आर्यन अधिकारी फिचर्ड छन् । चलचित्रलाई शङ्कर कार्कीले निर्देशन गरेका हुन् भने ‘जस्मिनले’ एउटा संघर्षरत संगीतप्रेमीको जर्नीको कथा भन्नेछ ।

एक अनजान पात्रले उक्त संगीतप्रेमीलाई कतिसम्म निस्स्वार्थ सहयोग गर्छ भन्ने, चलचित्रको केन्द्रीय द्वन्द्व हो । आर्यनका अलावा चलचित्रमा अशिष्मा नकर्मी, के ।के अधिकारी, सेविका प्याकुरेल, रुपा राना, अभय बराल, नवीन लम्साल, एलिशा शर्मा, विशाल पहाडी, कृष्ण खनाल, मिना बानियाँ र बाल कलाकार श्रवणी थापाको अभिनय रहेको छ ।

मेनका फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा किरण घिमिरे (माइकल)को लेखन, अष्ट महर्जनको द्वन्द्व, मित्र डी गुरुङको सम्पादन र कोसिस क्षेत्री कल्याण सिंहएलिश कार्की किरण घिमिरेको सङ्गीत छ । सिनेमाको ७५ प्रतिशत छायाङ्कन नेपालमा गरिएको छ भने ब्वाँकी २५ प्रतिशत चाइनामा खिचिनेछ । चलचित्रको रिलिज डेट बिना नै पोस्टर सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्