चलचित्र ‘पण्डित बाजेको लौरी’ युट्युबमा रिलिज
कलाखबर संवाददाता,७ कात्तिक–बादी जातीको कथामा बनेको चलचित्र ‘पण्डित बाजेको लौरी’ इन्टरनेटमा सार्वजनिक भएको छ ।
मङ्गलवार ओएस आर डिजिटलको आधिकारिक युट्युब च्यानलबाट चलचित्र सार्वजनिक गरिएको हो । एउटै गाउँका बादी परिवार र पण्डित्याइ गर्ने परिवार बिचको सम्बन्धलाई देखाइएको चलचित्रलाई दीपक ओलीले निर्देशन गरेका हुन् ।
अधृत फिल्मस्को प्रस्तुति रहेको चलचित्रमा प्रवीण खतिवडा ,सन्ध्या केसी र विजय बाराल तथा भोलाराज सापकोटा, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदिप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई थमनकुमार भण्डारी र किशोर खड्काले निर्माण गरेका हुन् ।
प्युठानमा छायाङ्कन गरिएको चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् भने दवाडीको नै पटकथा र संवाद रहेको छ । चलचित्रमा विदुर गिरीको छायाङ्कन, अमित श्रेष्ठ र श्रीकृष्ण बम मल्लको सङ्गीत, मित्र डीको सम्पादन, विक्रम स्वाँर र दिपकमान सिंहको कोरियाग्राफी रहेको छ ।