बीसहजार जेसिजको अध्यक्षका लागि खनालको उम्मेदवारी
कलाखबर संवाददाता,७ कात्तिक– नेपाल जेसीजको ४६ औं राष्ट्रिय महाधिवेशन चितवनको रत्ननगरमा हुने भएको छ ।
पुस ९ गतेदेखि चार दिन चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्वका लागि राष्ट्रिय अध्यक्षका आकांक्षीहरुबीच चुनावी माहोल तातेको हो । चितवन जेसिजले आफ्नो आधिकारिक उम्मेदवारको समेत घोषणा गरेको छ । चितवन जेसीजका अध्यक्ष सन्तोष मजाकोटीले बुधबार एक विज्ञप्ति जारी गर्दै अरुणेश्वर खनाललाई आधिकारिक उम्मेदवार बनाउने जनाएका छन् । विज्ञप्तिमा भनिएको छ– ‘आधिकारिक उम्मेदवार खनाल भएको हुँदा उहाँका लागि सहयोग गरिदिनुहुन हामी सम्बन्धित सबैलाई यसै प्रेस विज्ञप्ति मार्फत् हार्दिक अपिल गर्दछौं ।’
२००४ देखि जेसीजमा आवद्ध खनाल सन २०१२ का राष्ट्रिय उपाध्यक्ष समेत हुन् । खनाल २०१३ का राष्ट्रिय महासचिव तथा २०१६ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष समेत हुन् । एक व्यक्ति, एक पद र एक कार्यकालको सिद्धान्तमा रही हरेक बर्ष जेसिजको अधिवेशन हुने गर्दछ । नेपाल जेसीजमा देशभर १ सय ४९ शाखा र १५ हजार भन्दा बढी सदस्य रहेका छन् ।