Logo

पूर्व लडाँकु रक्षक राई मङ्गगोल मुक्तिमोर्चाको झण्डा बोकेर फेरि युद्धमा जाने संकेत


कलाखबर संवाददाता,४,कात्तिक–काठमाण्डौं । केही दिन अगाडी न्यूज टेलिभिजनका प्रत्रकार रबि लामीछाने विरुद्ध बोेलेर चर्चा कमाएका पूर्व लडाँकु रक्षक राईले फेरि अर्को नयाँ पाटीको झण्डा बोकेर युद्धमा जाने संकेत गरेका छन् । उनले मङ्गगोल मुक्तिमोर्चा नामक पाटीको झण्डा र बन्दुक आफ्नो फेसबुक मार्फत सार्वजिक गर्दै सो कुराको खुलासा गरेका छन् ।

गाईगोरुको सिनो खाएर ८०% मुलवासी मङ्गगोलहरुको मुक्ति हुन्छ भन्ने नेताहरुको कुरामा के विश्वास राख्नु हुन्छ ? अझै पनि तपाईहरु अबको दिनमा मङ्गगोल क्रान्तिकारी मित्रहरु सचेत रहन अग्रह गर्दछु भन्दै एकै साथ प्रश्न र अनुुरोध समेत गरेका छन् । उनले आफ्नो फेसबुकबाट पर्दाफास गरेका सामाग्रीहरु यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

Raksha Kumar Rai Aviyan is feeling thoughtful at Top Fighter.

( गाइगोरुको सिनो खाएर ८०% मुलवासी मङ्गोल हरुको मुक्ती हुन्छ भन्ने नेताहरुको कुरामा के विस्वास राख्नु हुन्छ अझै पनि तपाई हरु) ,,,अबको दिन मा सम्पुर्ण मङ्गोल क्रान्तिकारी मित्रहरू सचेत रहनु हुनु आग्रह गर्दछु!,,, मङ्गोल मुक्ति को नाममा कोहि खस आर्यलाई केन्द्रिय टिम मा घुसाएर खुब जय मङ्गोल को नारा लगाएको नौतङ्गकी गर्ने ,,, कोहि दर्ता नै नभएको सङगठन को आडमा हामी शान्तिपुर्ण आन्दोलन ले ८०% मङ्गोल हरुको मुक्ति ल्याउछौ भनेर डा. गोपाल गुरुङ को नाम बेचेर आफ्नो गोठ को मर्न लागेको लुटे गाइगोरु काटेर जय मङ्गोल को बिगुल फुक्नु भनेको छेपारोले घाम ताप्नु जस्तो हो ! पक्कै पनि यस्तो तरिका को गैर- कानुनी र अराजक तर्क हरु राष्ट्रिय राजनीति हुन सक्दैन ! यो भातमारा अनि भोकमरी हरुको जमात ले बोल्ने कुरा मुलवासी मङ्गोल हरुको निर्णायक मुक्ति को सिद्धान्त बिलकुल हुन सक्दैन ! लाखौं मङ्गोल युवा हरु को भाग्य र भबिस्य माथी यस्तो नालायक माग राखेर क्रान्ति गर्छु भन्ने नेता को नाममा कलङक हरु अब पक्कै पनि पतन भएर जाने दिन आएको छ ! होसियार रहनु होला सम्पुर्ण परिवर्तनकारी योद्धा हरु ( मङ्गोल समुदाय ) ४० वर्ष सम्म मङ्गोल मुक्ति को नाम बेचेर सङ्गठन को नातक ले धेरै ठग हरु आफ्नो भुडी को बोसो थप्ने काम गरेको कुरा सर्वबिदितै छ! ,,, अब को यात्रा मङ्गोल एकता बिना मङ्गोल मुक्ति आन्दोलन अधुरो- अपुरो छ!,, ” एकीकृत नेपाल मङ्गोल राष्ट्रवाद” अब साच्चिकै मङ्गोल मुक्ती को वैज्ञानिक ,वस्तुवादी र स्पष्ट कार्यदिशा लिएर अगाडि बढिसकेको कुरा जानकार गराउन चाहन्छु धन्यवाद !!

Image may contain: one or more people and outdoor

Comment

छुुट्टै सिद्धान्त र विचार बोकेको राईले संविधान दिवसको दिन बिरोध स्वरुप कालो व्यानर सहित नाराबाजी समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्