Logo

विक्रम बरालले ल्याए नयाँ गीत ‘ढाक्यो मायाले’ (भिडियो)


कलाखबर संवाददाता ,कार्तिक २ -नेपाल आइडल प्रतियोगी बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक भएको छ । भिडियो सहित सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल प्रतियोगी सम्झना पाण्डेले साथ दिएकी छन् ।

बैँशालु उमेरमा रहेका प्रेमी जोडीको माया प्रेमको कथा देखाउने प्रयास गरिएको भिडियोमा गायिका सम्झनाले मोडल निराजन प्रधानसँग रोमान्स गरेकी छन् । गहिरो प्रेममा रहँदा प्रेमी जोडीले गर्ने क्रियाकलाप भिडियोमा देखाइएको छ ।

भूपिन्द्र महतको शब्द, हरि लम्सालको संगीत रहेको गीतको भिडियो शान थापाले निर्देशन गरेका हुन् । जसमा अर्जुन तिवारीको छायाँकन, नकुल खड्काको सम्पादन र राजिव समिरको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्