Logo

‘आमा’को फस्टलुक पोस्टर सार्वजनिक


कलाखबर संवाददाता ,कार्तिक १- चलचित्र ‘आमा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ । चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।

पोस्टरमा सुरक्षाको अवतार भिन्न छ । चिताको अगाडी उनले कपाल मुण्डन गरेकी छन् । नेपाली समाजमा आमा-बाबुको निधनमा छोराले मात्र दागबत्ती दिने मान्यता छ । सम्भवत: सिनेमाको कथा यहि मान्यताविरुद्द हुने पोस्टरले सङ्केत गर्छ ।

महाशिवरात्रीको अवसरमा फागुन ९ गते रिलिज हुन लागेको चलचित्रले आमा-छोरीको कथा भन्छ । चलचित्रमा मिथिला ‘आमा’ र सुरक्षा ‘छोरी’को नातामा देखिदैछन् । चलचित्रमा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढालगायतका कलाकारको अभिनय छ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्देशकको आफ्नै लेखन र छायाँकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्