Logo

राजधानी दरवारमार्गको भिक्ट्री कलवमा भिषण आगलागी,( भिडियो सहित )


कलाखबर संवाददाता,२७,असोज–काठमाण्डौं । आईतबार साँझ राजधानी काठमाण्डौंको दरवारमार्ग भिक्ट्री कलवमा भिषण आगलागी भएको छ । बिजुलीको तार सर्ट भएर भएको घटनामा के कति क्षेती भएको छ भन्ने विवरण अझै सम्म पनि आएको छैन । स्थानीय व्यक्ति, प्रहरी,आर्मी,अन्य सुरक्षाकर्मी परिचालन गरि आगो नियन्त्रणमा ल्याइएको हो ।

सो आगो करिब तीन घण्टा पछि नियन्त्रण गरिएको छ । आठवटा दम्कलको प्रयोग गरि आगोलाई पूर्ण नियन्त्रणमा ल्याइएको हो । सब भन्दा माथिल्लो तल्लामा रहेको ज्यानेरेटरमा आगोको मुस्लो सल्के पनि आगो नियन्त्रण बाहिर गएको थियो । विल्डिङ पूर्ण रुपमा जलेर नष्ट भएको छ । अग्लो र चाडैतिरको सिसा बन्द भएकोले दम्कलले पनि फाल्न निकै गाह्रो भएको थियो ।

प्रतिक्रिया दिनुहोस्