Logo

सी जिनपिङको भ्रमणको विषयमा वालुवाटारमा ३ घण्डा खरो बहस ःऋणमा डुबेको बेला रेल ल्याउन आवश्यक नहुने काँग्रेसको भनाई


२३,असोज–काठमाण्डौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणको सन्दर्भमा पूर्व प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीहरुसँग प्रधानमन्त्री केपी ओलीले परामर्श गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन घण्टा भएको उक्त परामर्श छलफलमा पूर्व प्रधानमन्त्रीहरु, पूर्व परराष्ट्रमन्त्री र विज्ञहरु सहभागी रहेका थिए । सहभागीहरुलाई नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमण र नेपाल सरकारको तयारीबारे जानकारी दिँदै थप सुझावका लागि आग्रह गरेका थिए ।

त्यसक्रममा मन्त्री ज्ञवालीले रेल, सडक यातायात, उर्जामा लगानी र व्यापार घाटा लगायतका विषयहरु अघि सार्ने जानकारी गराएका थिए ।
परामर्शमा सहभागीमध्येका नेकपाका नेता समेत रहेका भीम रावलले सहभागीहरु सवैले सीको नेपाल भ्रमण आपसी विश्वास, सद्भाव, मित्रता तथा राष्ट्रहितका पक्षमा उपयोग गर्नसक्नुपर्ने सुझाव दिएका थिए । ‘प्रायः सबैको सुझाव उस्तै थियो ।

आपसी विस्वास, सद्भाव र मित्रतालाई मजवुत बनाउनुपर्छ भन्ने नै रह्यो । छलफलपछि नेता रावलले नेपालको राष्ट्रिय हित र पञ्चशीलका आधारमा अघि बढेको परराष्ट्र नीतिलाई नै जोड दिनुपर्छ भन्ने भनाई राख्नु भयो । सहभागीहरुको सुझाव सुनेपछि प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनसँग विगतमा भएका सहमतिहरुलाई कार्यान्वयनमा लैजाने विषयमा पहल हुने जवाफ दिएका थिए ।

‘नीतिगत रुपमा विगतमा भएका सहमतिहरु रोकिएका छन् तिनमा कुरा उठ्छ,’ प्रधानमन्त्रीको भनाई उछृत गर्दै एक सहभागीले भने, ‘नेपालको संविधानको भावनाअनुसार नै हामी अगाडी बढ्छौँ । यसमा आपसी विश्वास जित्ने प्रयत्न हुनेछ ।

                                                                  वीआरआई र इण्डोप्यासिफिकको चर्चा
बालुवाटारमा भएको उक्त छलफलका क्रममा सहभागीहरुले चीनले अघि सारेको वीआरआई परियोजना र अमेरिकाले अघि सारेको इण्डोप्यासिफिक रणनीतिका बारेमा समेत चर्चा गरेका थिए । उनीहरुले ती विषयमा नेपालको परराष्ट्र नीति र पञ्चशील नीतिलाई मुख्य आधार बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । त्यस क्रममा उनीहरुले विभिन्न संगठनका नाममा हुने सैन्य गतिविधि लगायतका विषयमा समेत ध्यान दिन आग्रह गरेका थिए ।

काँग्रेसका तर्फबाट सहभागी केही नेताहरुले भने नेपालले ऋण लिएर रेल चलाउनु आवश्यक नभएको भन्दै अनुदानमार्फत रेल सेवा विस्तार गर्न सकेमात्र नेपालको हितमा हुने तर्क गरेका थिए ।  बैठकमा सहभागी पूर्वपरराष्ट्रमन्त्री रामशरण महतले भने, ‘चीनले अनुदानमा रेल ल्याइदिन्छ भने मात्र ल्याउनुपर्छ । ऋणमा ल्याउने कुरा हामीलाई मान्य छैन भनेर हामीले कुरा राखेका छौँ ।’ उनले रेलको कुरा गर्दा त्रिदेशीय ९चीन–नेपाल–भारत० रेल सञ्जालमा जानुपर्नेमा सुझाव दिएको बताए ।

छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा। बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्व परराष्ट्रमन्त्रीहरु रमेशनाथ पाण्डे, प्रकासशरण महत लगायतका नेताहरु सहभागी थिए ।

प्रधानमन्त्रीसँगको बालुवटारमा भएको परामर्शपछि संघीय समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराइले मुख्यतः चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रूपमा लिनुपर्ने, तीनवटैसँग समानान्तर सम्बन्ध राख्नुपर्ने, गतिशील शान्तिवाद र तटस्थताको नीति लिदै वीआरआई र आइपीएस दुवैबाट लाभ लिन सक्नुपर्ने बताएका छन् ।

डा भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा ६ वटा सुझाव दिदै चीनसँग रेल, सडक आदि कनेक्टिभिटी विस्तारमा जोड दिनुपर्ने, रेल बनाउँदा ऋणजालमा फस्न नहुने, अनुदान र ऋणको सन्तुलन मिलाउनुपर्ने, सडकमा बढी जोड दिनुपर्ने, कर्णाली–गण्डकी–कोशी कोरिडोरलाई प्रथमिकता दिनुपर्नेमा जोड दिएका छन् । त्यस्तै उनले ऋण र अनुदान भन्दा औद्योगिक लगानी,व्यापार,पर्यटनमा जोड दिनुपर्ने सुझाव दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सीले २५ र २६ असोजमा नेपालको राजकीय भ्रमण गर्दैछन् । यसक्रममा विभिन्न समझदारी तथा एमओयूमा हस्ताक्षर गरिने बताइएको छ । दुई दिने नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीसँग नेपालका अन्य राजनीतिक दलका शीर्ष नेताले पनि भेट्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्