Logo

२०२१ का लागि डिभी खुल्यो, तपाई पनि छिटो शेयर गरिहाल्नुस् है !


कलाखबर संवाददाता,२३,असोज–काठमाण्डौं । सन् २०२१ को लागि डिभी खुलेको छ । बुधबारदेखि धमाधम आवेदन फारम खल्ला गरिएको छ । नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार आवेदन दर्ता ५ नोभेम्बर २०१९ मा बन्द हुनेछ। आवेदन फारम भर्दा गतबर्ष रु दुई सय रुपैयाँ लागेको थियो भने यो बर्ष कुनै शुल्क नलाग्ने दुतावासले जनाएको छ ।

आवेदकले फारम भर्दा आफ्नो पासपोर्ट नम्बर, पासपोर्ट सकिने म्याद र इमेल अनिवार्य राख्नु पर्नेछ। कुनै पनि व्यक्तिले एक पटकमात्रै आवेदन भर्न पाइने छ। अनलाइनबाट नै भर्ने हुँदा कुनै पनि शुल्क लाग्ने छैन। फारम भरिसकेपछि प्राप्त गरिएको कन्फरमेसन नम्बरलाई आवेदकले सुरक्षित राख्नु पर्ने छ।

आवेदनमा आफ्ना पतिरपत्नी र आवेदनको समयमा२१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ। फारम भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ, अघिल्लो वर्षको डिभी फारममा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरे अयोग्य ठहरिनेछ। सन् २०२१ मा अमेरिकाले संसारभरिबाट ५५ हजार जनालाई डिभी छ चिठ्ठबाट अमेरिका लैजाने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्