Logo

राष्ट्रपति कार्यलय शीतल निवासमा भीभीआइपी तथा सर्ब साधारणलाई टिका


 

 

 

 

 

 

 

 

राज कुमार राई

कलाखबर संवाददाता,२१,असोज –कठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा मंगलबार भीभीआइपी तथा सर्ब साधारणलाई टिका लगाई दिएकी हुन् । राष्ट्रपति भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गरेकी हुन्।

बिहान शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका, जमरा र आशीर्वाद आफूले ग्रहण गरे पश्चात भीभीआइपी र आम सर्ब साधारणलाई पनि टिका लगाएकी हुन् । शीतल निवासको कोशी हलमा आयोजित कार्यक्रममा उनले हनुमानढोकाबाट ल्याइएको देवीको प्रसादसहित हनुमानढोकाका मूल पूजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित खेमचन्द्र ढकालको हातबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन्।

राष्ट्रपति भडारीले आफ्ना काकाकाकीबाट समेत टीका ग्रहण गरेकी थिइन् भने देवर कैलाश भण्डारी, छोरी जुवाइँहरु, परिवारजन, स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीलाई टीका लगाइदिइन् ।  त्यस्तै राष्ट्रपति भण्डारीबाट उपराष्ट्रपति वर्षमान पुन, प्रधानमन्त्री केपी शर्मा ओली पर्यटन मन्त्री योगेश भट्टराई लगायत मन्त्रीहरुले समेत टीका ग्रहण गरेका छन् ।

प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि राष्ट्रपतिको हातबाट टिका थापेका छन् । उच्च पदस्तसँगै राष्ट्रपति भण्डारीले राजनीतिक दलका नेता,मानवअधिकारकर्मी तथा आम सर्ब साधारणलाई टिका लगाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्