Logo

भोली देशभर विजया दशमी मनाईँदै के छ त यसको महत्व


राजेश पौडेल (संस्कृत व्याकरणाचार्य), कलाखबर काठमाडौँ, २० असोज २०७६.

आश्विन शुक्ल पक्षको दशमीका दिन विशेष रुपमा मनाइने विजया दशमी आम नेपालीको विशेष पर्व हो । घटस्थापनाको दिनदेखि प्रारम्भ हुने यस पर्वमा विभिन्न शक्तिको उपासना गरिन्छ भने दशमीको दिन मान्यजनहरुबाट टीका जमरासहित आशिर्वाद ग्रहण गर्ने गरिन्छ । विजया दशमी धार्मिक, साँस्कृतिक, एवं सामाजिक दृष्टिले पनि महत्वपूर्ण रहेको देखिन्छ ।

अनुश्रुतिअनुसार आदर्श पुरुष रामले रावणमाथि र देवीले महिषा सुरमाथि विजय प्राप्त गरेसँगै यो पर्व विशेष रुपमा मनाउन थालिएको हो । पौराणिक प्रसङ्ग जेजस्तो भए तापनि यसको मुख्य विशेषता शक्तिको उपासना नै हो । जीवन भौतिक द्वन्द्वको उपज हो । प्राकृतिक होस् या मानवीय जीवनमा सकारात्मक पक्ष र नकारात्मक पक्षको द्वन्द्व चलिरहन्छ ।

जब सद्विचरको प्रबलता रहन्छ तब जीवन सुन्दर बन्दछ । यसैलाई सत्यमाथि असत्यको विजयका रुपमा पनि अथ्र्याउन सकिन्छ । पछिल्लो समयमा भने दशैँ काटमारको पर्वको रुपमा विकसित भएको देखिन्छ जुन शास्त्रीय मान्यता विपरीत छ । शास्त्रीय मान्यताअनुसार बलीको अर्थ उपहार हो, समर्पण हो ।

रिस, राग, लोभ, मोहजस्ता मानवका नकारात्मक स्वभाव र प्रवृत्तिको त्याग नै बली हो । समयको व्यस्ततासँगै परिवारका सदस्यहरुबीचको बढ्दो भौगलिक दुरीसमेत जोड्ने दर्शैँ पर्वलाई सामाजिक सद्भावको विकास हुने गरी मनाउनु आजको आवश्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्