Logo

बिरानो बन्दै राजधानी काठमाण्डौं शहर,सधै व्यस्त भई रहने सडक पुरै खाली


राज कुमार राई
कलाखबर,१९,असोज – काठमाण्डौं । एकातिर हिन्दु नेपालीहरुको महान चाड वडाशै अर्को तिर,चिनिया राष्ट्रपतिको नजिकिदो आगमनले यतिखेर राजधनी काठमाण्डौं सुनसान हुन थालेको छ । भ्याल्ली बाहिरका प्राय सर्बसाधारणहरु दशै मनाउन घरघर गएकाले राजधानी काठमाण्डौं सुनसान हुन थालेको हो ।

अर्को तिर,चिनिया राष्ट्रपतिको नजिकिदो आगमनको कारण सुक्षामा अहिले देखि नै कडाई गर्न थालिएको छ । सडक सफा गर्ने देखि सजाउने काम धमाधम हुन थालेका छन् । सडकका अव्यवस्थित विजुलीका तार, पोेलहरु हटाउन र सडकका खाल्डाखुल्डी पुर्न सकार भ्याइँनभ्याई छन् । केहि दिनका लागि भए पनि सडक चिल्लो देखिन थालिएको छ ।

तर उपत्यकामा मानिसहरुको चहलपहल भने न्यून बन्दै गएको छ । सवारी साधनसमेत पातलिएका छन् । अघिपछि सवारी जाम हुने विभिन्न चोकहरुमा आइतबार रोकिनु नपरेको महानगरीय ट्राफिक प्रहरी महशाखाले जनाएको छ । सीमित मात्रामा भाडाका र निजी गाडी तथा मोटरसाइकल चलेका छन् ।

सवारी कम भएकाले शनिबार दिउँसो पनि कार्यस्थलमा खटिएका ट्राफिक प्रहरीहरु फुर्सदिला देखिएका थिए । कलङ्की, कोटेश्वर तथा न्यूरोडलगायत व्यापारिक क्षेत्रहरुमा अझै केही भीडभाड रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । सो क्षेत्रमा सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटाइएको उनले बताए ।

महाशाखाले दिएको तथ्याङ्कअनुसार शनिबार मात्रै तीन लाख ४५ हजार मानिस राजधानीबाट बाहिरिएका छन् । चिनिया राष्ट्रपति दशैको मुखमा आउने भएकोले सरकारले निजामति कर्मचारीहरुलाई बिदा दिएको छैन । चिनिया राष्ट्रपतिको नेपाल भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । उहाँको भ्रमणलाई लक्षित गरि सुरक्षालाई निकै कडाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्