Logo

गायिका मेनुका राईको भुटेको मकै गीतको बजारमा व्यापक चर्चा (भिडियो सहित)


कलाखबर संवाददाता,१६,असार–काठमाण्डौं । सुमधुर आवाजकी धनी गायीका मेनुका राईको भुटेको मकै गीत बजारमा सार्वजनिक भएको छ । यथार्थ जिवनको भोगाई तथा प्राचीन सभ्यता र वर्तमान परिस्थिति समेतिएको गायीका राईको गीत भिडियो सहित बजारमा आएको हो । पूर्वीय नेपालको खोटाङ जिल्लामा जन्मिएर राजधानी काठमाण्डौंलाई साँगीतिक कर्मथलो बनाएकी गायीका राई गीत संगीतको धरातलमा एक चिरपरिचित प्रतिभा हुन् ।

शान्त स्वभाव र मिलनसार अनि मुस्कानको चमकताले सजिएकी गायीका राई सानै उमेरदेखि नै गीत संगीतमा उदाउदो तारा बनिन् । त्यसो त करिब साँगीतिक आँकाशमा दुई दशक भन्दा माथी विताई सकेकी राईले अनगिन्ति गीतहरु गाएर लाखौ दर्शक स्रोताहरुको मनलाई सजिलैसँग जिति सकेका छन् ।

केही समय अगाडी ईमेज अवार्ड समेत चुमी सकेकी उनी विशेष त पूर्वेली लोक गायीकाको नामले दर्शक स्रोता माझमा चिरपरिचित हुँदै आएकी छन् । लानु तिम्रो देशमा,किराँत प्रदेशमा,सोलु सल्लेरी,नौलाई शून्य नब्बे,मायाको ओखती,पूर्वैको सोल्टिनी,ढल्कियो जोवान,प्रदेशी जिवन लगायतका थुप्रै गीतहरु गाएर चर्चाको शिखरमा पुगी सकेकी राईले फेरि निकै लोकप्रीय गीत भर्खरै मात्र बजारमा ल्याएकी छन् ।

सो गीतमा गायक विक्रम राई र गायीका आफैले स्वर लहरी भरेका छन् । टिका बोमजनको शब्द तथा पवन लामा को एरेन्ज रहेको गीतमा युगल जोडी बीचको आपसी माया प्रेम प्रसङ्ग जोडिएको छ । सो भिडियोमा एक दर्जन कोरसहरुको बीचमा मोडल पूर्णिमा राई र रोहित बस्नेतको रोमान्स देख्न सकिन्छ ।

अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोलाई मेनुका राईको आफ्नै युटयूब च्यानलमा ओपलोड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्