Logo

बाल परिशिष्टाङ्क विमोचनको अवसरमा दुई साहित्यक स्रष्टा समान


रमिला तमाङ,
कलाखबर संवाददाता, १३,असोज–काठमाण्डौं । दार्जिलिङबाट प्रकाशित हुने पत्रिका साहित्य तृष्णाको बाल परिशिष्टाङ्क विमोचनको अवसरमा आइतबार नेपाली साहित्य जगतमा योगदान दिएका दुई साहित्यकारहरुलाई सम्मान गरिएको छ । साहित्य क्षेत्रमा उत्कृष्ट योगदान दिएका साहित्यकार एम पथिकलाई साहित्य तृष्णा र कवि पवित्र लामालाई स्व। सुमिता राई स्मृति पुरस्कारबाट सम्मान गरिएको हो । दार्जिलिङमा आयोजित कार्यक्रममा नेपालबाट आमन्त्रित कवि बच्चु हिमांशुले आफ्ना तीनवटा कविता प्रस्तुत गरेका थिए ।

उनलाई कार्यक्रमका संयोजक कवि नरेश कटुवालले सम्मानसहित मायाको चिनो प्रदान गरेका थिए। त्यस्तै, स्थानीय कविहरु निमेष सुब्बा सिकारु, प्रविन्ता भुजेल र योगिता राईलेपनि आआफ्ना कविता प्रस्तुत गरेका थिए । डा। गोकुल सिन्हाले अध्यक्षता ग्रहण गरेको उक्त कार्यक्रममा डा। कविता लामा प्रमुख अतिथीको रुपमा उपस्थित थिइन् ।

पत्रिकाको विशेषाङ्क विमोचनकै अवसर पारेर साहित्य तृष्णा पत्रिकाको अङ्ग्रेजी संस्करण र कवि नरेश कटुवालको कविताकृतिको अङ्ग्रेजी अनुवाद ‘ब्रुजेज अफ भिलेज’पनि लोकार्पण गरिएको थियो । बाल परिशिष्टाङ्कको सम्पादन कवि रोशन राई चोटले गरेका हुन् । पत्रिकाको अनुवाद रसिक क्षेत्रीले सचिना तामाङको सहयोगमा गरेका हुन् भने लेखक तथा पत्रकार निशा वर्निका क्षेत्रीले नरेशको कविताकृति अनुवाद गरेकी हुन् ।

दार्जिलिङस्थित नेपाली साहित्य सम्मेलनको सभाकक्षमा आयोजित कार्यक्रममा साहित्य तृष्णा पत्रिकाद्वारा आयोजित बाल साहित्य प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत गरिएको थियो । कवि रोशन राईकी दिवङ्गत आमा सुमिता राईको स्मृतिमा स्व। सुमिता राई स्मृति पुरस्कार स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्