Logo

शरीरका सबै अङ्गलाई धानको बिऊले छोपेर चर्चामा आएकी मोडल रितिका जिरेलले फेरि जमरा उमार्ने तयारी गर्दै



कलाखबर संवाददाता,७ आसोज–काठमाण्डौं । शरीरका सबै अङ्गलाई धानको बिऊले छोपेर हिलोमा लम्पसार परि धान दिवस मनाएकी मोडल रितिका जिरेल फेरि पनि दशैको अवसरमा जमरा रोपेर चर्चामा आउने भएकी छिन् । असाढ १५ को रौनक्ता पछि फेरि दशैको अवसरमा आफ्नो शरीरमा जमरा उमार्ने रितिकाले उदघोष गरेकी छन् ।

विभिन्न म्युजिक भिडियोमा अभिनय गरि सकेकी रितिकाले गत असाढ १५ मा आफ्नो शरीरका संवेदनशील अङ्गलाई धानको बिऊले छोपेर खिचेको तस्बिर सामाजिक सञ्जाल लगायत विभिन्न मिडियामा भाईरल भएको थियो । उक्त तस्बिर यहाँ प्रस्तुत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्