Logo

ससुरा उद्धव पौडेलको ओम हस्पिटलले पटक पटक मान्छे मार्दा,प्रत्रकार रबि लामिछाने चुप लागेर बसेको सर्बसाधारणको आरोप


कलाखबर संवाददाता,७,असोज –काठमाडौँ। उपचारका नाममा चावहिलको ओम होस्पिटलले पटक पटक मान्छे मार्न थालेपछि पीडित मात्र नभएर आम सर्वसाधारण आक्रोशित बन्न थालेका छन् । महंगो शुल्क लिएर बिरामीको उपचार गर्दै आएका ओम हस्पिटलले जस पाउनुको बदला अकालमा बिरामीलाई मृत्यूको मुखमा पु¥याउदै आएपछि हस्पिटल नै बन्द गर्नुपर्ने मनस्थितिमा सर्वसाधारण पुगेका छन् । हालैमात्र धादिङकी एक महिलाको पत्थरीको उपचारका क्रममा ज्या८न गएको छ ।

घटनाको प्रकृति के हो ? र घटना कसरी घटयो भनेर वास्तविकता बुझन र रिपोर्टिङको क्रममा हाम्रो संवाददाता सुमन वाङदेल आईतबार घटना स्थलमा पुगेका थिए । उहाँले घटनाको विषमा बुझन खोज्दा कसैले जानकारी दिन मानेनन् । उल्टै पत्रकारको काम छैन भनेर जोडी खोजेको वाङदेलले बताउनु भयो । विरामीको मृत्यू भई सकेपछि अस्पताल प्रशासन र पीडित पक्ष बीच बैठक बसेको थियो । बाहिर केही सञ्चारकर्मीहरु कुरेर बसेका थिए ।

तर केही सूचना बाहिर दिएनन् । विरामीको मृत्यू भई सकेपछि दोषी डाक्टरलाई पत्ता लगाएर कार्बाही गर्नु त कता न कता, आर्थिक मोलमोलाई हुन्छ । यो त एउटा उदाहरणमात्र हो, यसरी नै अरु धेरै बिरामीहरु उपचारमा जाँदा डराउनुपर्ने अवस्था छ । सामान्य रोग लागेर गएपनि ज्या८न नै जोखिममा पर्न थालेपछि अहिले अस्पतालमाथि अनेकौं प्रश्न उब्जिएको छ । जटिल बिरामी भएर उपचार गर्दागर्दै असफल भएर निधन हुनुभन्दा पनि डाक्टरहरुको हेलचेक्रयाँईले बिरामीको निधन हुने गरेको छ ।

उपचारमा हेलचेक्रयाँई गरेर निधन भएपछि पीडितलाई ठूलो रकम दिएर मिलाउने प्रचलन छ । अस्पतालले मानिसको जिवनलाई पैसासँग साटेको छ । यो अस्पतालमा महंगो शुल्कसमेत तिर्नुपरेको छ । सरकारी निकायले यसबारे चासो देखाएको छैन । मन्त्रालय र सरोकारवाला निकाय पनि सेटिङमा चल्ने गरेका छन् ।

लापरवाही गर्ने अस्पताललाई कुनै कारवाही नगरेका कारण अस्पतालले दैनिकजसो मानिसको जिवनमा खेलवाड गर्दै आएका छन् । हुन्छ । यस्तो अप्राकृतिक घटना घटदै गर्दा चर्चित पत्रकार रबि लामिछाने माथी पनि प्रश्न उठन थालेका छन् । समाजका साना साना घट्नाको पनि पर्दाफास गर्ने रबिले ओम हस्पिटलको यस्ता कर्तुतलाई किन देखेन भनेर आम सर्बसाधारणले समेत प्रश्न उठाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्