Logo

ग्राहकलाई सहज रुपमा सेवासुविधा दिनुको सट्टा मुक्तिनाथ विकास बैंकले उल्टै सास्ती दिन्छ


भोलानाथ पौडेल
कलाखबर संवाददाता–पर्वत, ६, असोज । नेपालमा वित्तीय कारोवार गर्ने क वर्गदेखी सहकारी र गैर सरकारी संस्थासम्म धेरै वित्तीय संस्थाहरुले बैंकिङ्ग कारोवारमा कडा प्रतिस्पर्धाको सामाना गरेर अगाडी बढ्नुपरेका अवस्थामा मुक्तिनाथ विकास बैंकले भने उल्टै ग्राहकलाई सास्ती दिईरहेका छन् ।   पर्वत जिल्लाको मुक्तिनाथ विकास बैंकले  आफूसँग कुनै प्रतिस्पर्दा गर्ने अरु बैंक नहुदा हालीमुहाली गर्दै सम्वन्धित खातावाला नै स्वंयम उपस्थित नभई कुनै चेक बुक  दिदैनन् ।

नियमानुसार भन्ने हो भने खातावालाले आफ्नो हस्ताक्षर सहित अर्को ब्याक्तिलाई अधिकार दिएर पठाएमा चेक बुक दिनुपर्ने ब्यवस्था नियममा रहेको छ । तर त्यो नियमलाई मुक्तिनाथ विकास बैंकको पर्वत कार्कीनेटा शाखाले उल्लङगन गर्दै आफ्नो मनोमानी गर्दा त्यहाँका स्थानीयले निकै दुःख खेप्नु परेका छन् । चेक बुक सकिएमा सम्बन्धित खातावालाको उपस्थिति बीना चेक बुक दिँदैन बैंक । एक ग्राहक करीव दुई घण्टाको बाटो हिँडेर आफ्नो आमाको हस्ताक्षर सहित अधिकार लिएर चेक लिने सिलिप बोकेर चेक बुक लिन आउदा सम्बन्धित खाता सञ्चालकको उपस्थिति बीना दिँन नमिल्ने भन्दै रित्तो हात फर्काएको पीडितले बताए ।

यदी सम्बन्धित ब्यक्ति नै स्वंयम उपस्थित हुनुपर्ने हो भने,त्यो कुरा सिलिपमा नलेखी एजेन्टलाई पनि दिन सकिने ब्यवस्था छ भनेर किन लेखेको ? भनेर प्रश्न गर्दा, केन्द्रबाट नदिनु भनेर सूचना सर्कुलर गरेको कारण दिन नमिल्ने मुक्तिनाथ विकास बैंक पर्वत कार्कीनेटा शाखा प्रबन्धक श्याम बहादुर कुँवरले बताए । पर्वत जिल्लाको विकट गाँउबाट करिब दुईदेखि तीन घण्टाको बाटो हिडेर यस शाखामा खाता खोलेकाग्राहकहरु रहेका छन् । खातामा हताक्षर र नाम भएका व्यक्ति नै बैङ्कमा जानुपर्ने हो भने अपाङ्ग र बृद्धहरु कसरी आउछन् भन्ने प्रश्न ग्राहकहरुले गर्न थालेका छन् ।

खातामा हस्ताक्षर रहेका बृद्ध र गाउँघरमा काममा ब्यस्त रहेका ग्राहकहरुलाई नीकै सास्ती खेप्नु परेको स्थानीयहरु बताउछन् । कार्कीनेटामा प्रतिस्पर्धाको अभाब रहेको कारण यस्तो समस्या भोग्न बाध्य हुनुपरेको भन्दै स्थानीयहरुले आक्रोश पोखाउन थालेका छन् । कुनै नयाँ बैंकलाई स्वागत गर्नुको विकल्प नरहेको कार्कीनेटाका एक स्थानीयले कलाखबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्