Logo

पर्वत फलेवास नगरपालिकामा यूवा समुह गठन


भोलानाथ पौडेल
कलाखबर संवाददाता–पर्वत, २९ भाद्र २०७६ । पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटामा स्थानीय यूवाहरुबाट यूवा समुह गठन गरिएको छ । सामाजिक बिकासमा सहयोग गर्ने सरकारबाट गरिएका क्रियाकलापहरुमा सहयोग गर्ने, अनुगमन गर्ने, सूचनाको हक बमोजिम स्थानीयलाई सम्पूर्ण गतिबिधिहरुको सूचनाबाट पहँुच प¥याउन सहयोग गर्ने, गलत कामकोलागि खबरदारी गर्ने उद्देश्यले यूवा समुह गठन गरिएको समितिले जनाएको छ । समितिको नाम “सकारात्मक परिबर्तनका लागि यूवा समुह” रहेको समितिका सचिब प्रबाश श्रेष्ठले बताए ।

नवगठीत समितिमा अध्यक्ष नारन शर्मा, उपाध्यक्ष अरुण पौडेल, सचिव प्रकाश श्रेष्ठ, कोषाध्यक्ष चित्र प्रसाद सर्मा, सहितको एघार सदस्य रहेकोे छ । समिति गठनमा फलेवास नगरपालिका वडा नंं. १ कार्कीनेटाका करीब तीस जना यूवाहरु सम्मिलित रहेका थिए । सम्मिलित यूवाहरु कुनै एक राजनीतिक दलका नभई बिभिन्न राजनीतिक दलमा आस्था राख्ने रहेको जसमा मुख्य गरेर काङ्ग्रेस, नेकपा., नयाँ शक्ति जस्ता दलहरुका रहेको सदस्य भुपेन्द्र पोखरेलले बताए ।

स्थानीय सरकार र सरकारी निकायबाट सम्पादन गरिएका कार्यहरु सन्तोषजनक नभएको भन्दै यूवाहरुले दुःख ब्यक्त गरेका थिए । स्थानीय सरकार र सरकारी निकायबाट सम्पादन गरिएका कार्यहरुको सूचनाको हक बमोजिम सूचना प्राप्त गरी स्थानीयलाई सार्बजनिकीकरण गर्ने छौ, जुन कार्य एक्लैले गर्दा असफल भएकोले यूवाहरु सामुहिक रुपमा आवाज उठाउन एक हुनुपर्ने आवस्यकता महशुषगरी समिति गठन गर्नुपरेको नव गठित समितिका अध्यक्ष नारन सर्माले जानकारी दिए ।

समितिमा सदस्यहरु थप गर्ने र फलेवास नगरपालिकाका सम्पूर्ण वाडाहरुमा समेत बिस्तार गरी समाजमा जनचेतना मुलक कार्यहरु, प्रकोप पिडीतलाई सहयोग गर्ने, संघीय सरकार, स्थानीय सरकार र बिभिन्न सार्बजनिक निकायबाट सञ्चालन गरिले गतिबिधिहमा सहयोग गर्ने, भ्रष्टाचारीहरुलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्ने जस्ता कार्यहरु समितिले गर्ने कोषाध्यक्ष चित्र प्रसाद सर्माले कलाखबरलाई बताए । समितिलाई तत्काल कानुनी रुपमा दर्ता प्रक्रियाको लागि कार्य गर्ने उपाध्यक्ष अरुण पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्