नुवाकोटमा जिउदै पुरिएका गाईको उद्धार,गाई पुर्ने अपराधी भने फरार

कलाखबर संवाददाता,२२,भदौ–काठमाण्डौं । नुवाकोटको विदुर नगरपालिका ४ मा जिउँदै गाई पुरिएको छ । यो घटना स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरि गाईको उद्दार गरिएको छ । प्रहरी घटनास्थल पुग्नु अगावै गाई पुर्ने मान्छे भने फरार भैसकेका छन् ।
नजिकै नेपाली सेनाको ब्यारेक रहेकाले सेना र प्रहरीको सहयोगमा स्थानीयले पुर्दै गरिएको गाईको उद्धार गरेका हुन् । बट्टार हावाघर नजिकै नवर्निमित क्रियापुत्री बस्ने भवन नजिक गाईलाई खाल्डा खनेर पुर्न लागिएको अवस्थामा स्थानीयले देखेका थिए ।
गाईलाई कसले र कुन उदेश्यले किन पुरिएको भन्ने स्रोत भने खुलाएको छैन । तर पनि गाईलाई चीनतर्फ तस्करीका लागि ल्याएको हुन सक्ने अनुमान गरिएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।