Logo

लोक दोहोरी गीत “भेट भयो माया” सार्वजनिक (पुरा भिडियो सहित)


कलाखबर सम्वादाता ,२१ भदौ  – अन्जन पनेरु र सुदिप पनेरुले निर्माण गरेको पहिलो लोक दोहोरी गीत “भेट भयो माया” शुक्रवार (आज) युट्युव मार्फत सार्वजनिक गरिएको छ । अन्जन पनेरु र सुदिप पनेरुको शब्द तथा लय रहेको  गीतमा निर्माता स्वय्म र मेलिना राईको आवाज छ ।

“भेट भयो माया वस न काखैमा” बोलको गीतले दर्शकको मन जित्ने विश्वास गरिएको छ । गीतमा मुख्यत: काजिश श्रेष्ठ र चर्चित मोडल अन्जली अधिकारी लाई फिचरिङ गरिएको छ । यो गीतको छायांकन गोदावरी क्षेत्रमामा गरिएको छ । कोरियोग्राफर एवं निर्देशक काजिश श्रेष्ठ ले पर्याप्त मात्रामा कोरस डान्सर प्रयोग गरेका छन् जसले भिडियो अत्याधिक आर्कष्क देखिएको छ । काजिश र अन्जलीको केमेस्ट्री जमेको छ । अजय रेग्मीले भिडियोलाई आकर्षक तरिकाले खिचेका छन् ।

गोर्खा म्युजिक प्रा. ली उत्पादक एवं वितरक रहेको गीतलाई दिपक विष्टले सम्पादन गरेका छन् । गीतको रेर्कडिगं प्रिज्म स्टुडियोमा गरिएको हो भने मिक्सीगं श्याम रसाइलीले गरेका हुन्। गीतको सम्पुर्ण व्यावस्थापन कृष्ण भान्जाले गरे। प्रस्तुत गाना गायिका मेलिना राईको वास्तविक जीवनमा आधारीत रहेको छ ।

हेरौ यो पुरा भिडियो :

प्रतिक्रिया दिनुहोस्