Logo

पत्रकारिता विषय पढेका र लाइन्सेन्स लिएकाले मात्र पत्रकार भन्न पाउने सांसदको माग


कलाखबर संवाददाता,१६,भाद्र–काठमाण्डौं । विना दर्ताको युटुप र फेसबुक चालाउनेहरुले पनि पत्रकार बनेर आफ्नो परिचय दिई रहेका बेला सांसदले पत्रकार बन्न अन्य पेशामा जस्तै परीक्षा लिएर लाइसेन्स लिनुपर्ने कानुनी प्रवन्ध गर्न प्रस्ताव गरेका छन् । राष्ट्रियसभा सदस्य डा। विमला राई पौड्यालले पत्रकार बन्नका लागि परीक्षा दिएर लाइसेन्स लिनुपर्ने कानुनी व्यवस्था गर्न माग गर्दै मिडिया काउन्सिल विधेयककमा संशोधन दर्ता गराएकी हुन्।

(अहिले साच्चिैको पत्रकारिता विषय नै नपढेका र यस सम्बन्धि ज्ञान नै नभएकाहरुले व्यावसायको नाम्मा कसरी भ्यूअरस बढाउने र आफनो च्यानललाई उठाउने . भन्ने उद्देश्यले विभिन्न शीर्षक बङ्गयाएर अरुको चरित्र हत्या हुने र समाजमा आँच पुर्याउने खालको गतिविधिहरु गर्दै आएका छन् ।)

सांसद पौड्यालको प्रस्ताव छ, ‘संचारकर्मीहरूको गुणस्तर मापन गर्न आवश्यक पाठ्यक्रम बनाउने, परीक्षा प्रणाली विकास गर्ने, परीक्षा लिने, परीक्षाफल प्रकाशित गर्ने र लाइसेन्स दिनेसम्बन्धी व्यवस्था गर्ने । राष्ट्रियसभा सदस्यहरुलाई सोमबार दिउँसोसम्म संशोधन दर्ता गर्न दिइएको समयमा विधेयकमाथि आठ वटा संशोधन दर्ता भएका छन् । यो प्रस्ताव पारित भएमा मिडियामा देखा परेका छाडाँपन बेतिथि भने नियन्त्रण हुने सम्भावना देखिन्छ ।

अहिले साच्चिैको पत्रकारिता विषय नै नपढेका र यस सम्बन्धि ज्ञान नै नभएकाहरुले व्यावसायको नाम्मा कसरी भ्यूअरस बढाउने र आफनो च्यानललाई उठाउने . भन्ने उद्देश्यले विभिन्न शीर्षक बङ्गयाएर अरुको चरित्र हत्या हुने र समाजमा आँच पुर्याउने खालको गतिविधिहरु गर्दै आएका छन् । त्यसैले पनि यस्ता प्रवृतिलाई नियन्त्रण गर्नका लागि सरकारले पे्रस सम्वन्धि नयाँ प्रस्ताव ल्याउनु भएका आवश्यकता देखिन्छ ।

नेकपाका १४ जना सांसदले संयुक्त रुपमा दर्ता गराएको संशोधनमा काउन्सिलको अध्यक्ष बन्न र सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको, वरिष्ठ अधिवक्ता वा पत्रकारिता क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव भएको हुनुपर्ने संशोधन प्रस्तावमा उल्लेख छ । सदस्यको हकमा भने पत्रकारिता वा कानुन वा व्यवस्थापन वा सूचना प्रविधि वा सामाजिक सेवामा कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था राख्नुपर्ने माग गरिएको छ ।

सांसद पौडेलले दर्ता भएका पत्रकारहरूलाई जरिवाना गर्न नहुने संशोधन राखेकी छन्। दर्तावाला पत्रकार बन्न पत्रकारिता विषयमा नै स्नातक गरेको हुनुपर्ने वा अन्य विषयमा स्नातक गरेको व्यक्तिले तीन वर्ष पत्रकारिता गरेपछि दर्तावाला पत्रकार बन्ने व्यवस्था गर्नुपर्ने संशोधनमा उल्लेख गरेकी छन् । सरकारले ल्याएको विधेयकमा २५ हजारदेखि दश लाखसम्म जरिवाना गर्न सक्ने उल्लेख छ । यसलाई संशोधन गरि काउन्सिलले २५ हजारदेखि एक लाखसम्म जरिवाना गराउन नेकपाका सांसद रामनारायण बिडारीले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्