Logo

गौहत्या प्रकरणमा गृहमन्त्रालयको ध्यानाकर्षण( विज्ञाप्ती सहित)


कलाखबर संवाददाता,१४,असोज–काठमाण्डौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका जंगलमा मृत अवस्थामा फेला पारिएका गाईगोरुको विषमा गृहमन्त्रालयले आफनो ध्यान आकर्षण गरेको छ । शनिबार गुहमन्त्रालयका प्रभक्ता रामकृष्ण सुवेदीले शनिबार एक विज्ञप्ती जारी गर्दै यो घटनाको विषयमा आफ्नो ध्यान आकर्षण भएको जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले काञ्जी हाउसमा रहेका ३७० गाईगोरुलाई सुर्खैत हुँदै दैलेखको श्रीस्थान लैजान लागेको तर वीरेन्द्र नगरकोजंगलमा मृत र घाइते अवस्थामा फेला परेको जानकारी आएको जनाएका छन् । विज्ञप्तिमा घटनास्थलमा गाईगोरु छाडेर फर्किँदै गरेका ५ वटा ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको पनि उल्लेख गरिएको छ।

मन्त्रालयले घटनाबारे छानबिन गर्न गृहमन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्सीय छानबिन समिति गठन गरिएको जनाएको छ। समितिलाई १५ दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ ।  गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम हदैसम्मको कारबाही गरिने पनि स्पष्ट पारेको छ । विज्ञप्ती पूर्णपाठ सहित

 

 

 

प्रतिक्रिया दिनुहोस्