दृष्टि बिहिन सुस्मिता राईको मन छुने मार्मिक गित बजारमा चर्चाको शिखर बन्न पुगे

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । नियतीले धोका दिएकी दृष्टि बिहिन सुस्मिता राईको मन छुने मार्मिक भाका पालम ख्याली गाउन आउनु बोलको गित बजारमा चर्चाको शिखर बन्न पुगेको छ । सुमधुर स्वरले भरिपूर्ण भएकी गायिका राई सानै उमेरदेखि आँखाको ज्योति गुमाएकी एक दृष्टि बिहिन चर्चित प्रतिभा हुन् । उनमा नयाँ नयाँ गित संगित तथा नयाँ सृजना गर्ने खुबी ताजा नै छ । उनले प्रत्यक्ष रुपमा संसार नियाल्न सक्दैन ।
तर उनले पस्केका स्वर लहरीले भने अवश्य पनि विश्व हल्लाएको छ । सानै उमेरदेखि गित संगितको क्षेत्रमा सुनौलो सपना बोकेकी गायिका राई उदयपूर जिल्लामा उदाएकी एक चम्किलो तारा हुन् । सपाङ्ग, अपाङ्ग दृष्टिहिन र दृष्टिबिहिन सबैको आ आफ्नै सपनाको संसार हुन्छ । कोही आकाँशमा रमाउने त कोही बतासको स्वरुप लिएर बिश्व नियाल्ने, त कोही रङ्गीन धर्तीलाई हराभरा बनाउने स्वर्णीम सपना बोकेका हुन्छन् । त्यो पनि कसैको रहर त कसैको बाध्यता परेको ।
तर यहि गित संगितको आँकाशमा आफनै स्वर्णीम सपनाको खेती गर्दै रमाउदै आएकी गायीका सुस्मिता राईको भने बाध्यात्मक भन्दा पनि फरक नपर्ला । उनलाई नियतीले दृष्टि दिएन तर स्वरमा भने अचम्मको जाँदु दिएको छ । जसले गर्दा यतिखेर आम दर्शकको मन पनि जितिसकेकी छन् । दर्शक तथा शुभ चिन्तकहरुले उनकी स्वर र जीवन कहानीलाई माया गरी प्रशस्तै आर्थिक सहयोग पनि गर्न थालेका छन् ।
हाल सम्म आईपुग्दा गायिका राईले दर्जनौ गित गाइसकेका छन् । जस मध्यको अहिले भर्खरै मात्र बजारमा आएको पालम ख्याली गाउन आउनु लिम्बुनीको गाउँमा पनि एक उत्कृष्ट गित बनेको छ । जुन गितमा निकै मीठक र भावुकता मिसिएको छ । गायिका राईको स्वर शृङगारले ओतप्रोत गित यहा प्रस्तुत गरिएको छ, हेर्न नभुल्नु होला ।