Logo

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन विशाल जुलुस सहित आन्दोलन गर्ने तयारी


राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टेकिङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन शान्तिपूर्ण आन्दोलन गर्ने तयारी गरेको छ । पटक पटक आफूहरुले उठाएको मागलाई सरकारले व्यवास्ता गरेपछि अन्तिम विकल्पको रुपमा आन्दोलनको तयारी गर्न बाध्य भएको टेकिङ गाइड एशोसियन अफ नेपालका बोर्ड मेम्बर दावा छिरिङ शेर्पाले बताए । आन्दोलनको मुख्य र माग भने यस्तो रहेको छ ।
– प्रत्येक पर्यटकलाई गाईडको व्यावस्था गर्नुपर्ने ।
– लाइसेन्स लिएर बसेका सबै गाईडहरुलाई जुनसुकै अवस्थामा पनि रोजगारी ढिलाउनु पर्ने ।
–सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्जले प्रति गाईड रु १५०० उठाउदै आएको रकम अविलम्ब खारेज गर्नुपर्ने ।
–पर्यटन क्षेत्रमा काम गर्ने गाईहरुलाई स्वास्थ्य उपचारका लागि ५० प्रतिशत छुट दिनुपर्ने ।
–क्षेमता,योग्यता र अनुभवको आधारमा वर्गीकरण गरी गाईडहरुलाई स्तर उन्नती तथा सेवा दिनु पर्ने ।
–पर्यटन क्षेत्रका सबै गाईडहरुलाई सामाजिक सुरक्षाको व्यावस्था गर्नुपर्ने

यदि फेरि पनि यो शान्तिपूर्ण आन्दोलनको सरकारले व्यवास्था गरेमा र आफूहरुको माथि उल्लेखित माग पुरा नभएमा अर्काे दोस्रो चरणको सशक्त र अशान्पिूर्ण आन्दोलन गर्ने पनि शेर्पाले बताए । आफूहरुको पहिलो चरणको आन्दोलन भने शान्तिपूर्ण हुने र विशेष गरी पर्यटन मन्त्रालयमा धर्ना तथा ज्ञापणपत्र बुझाउने रहेको पनि उहाँले बताए ।

आगामी सेप्टेम्बर १ तारिक आईतबारका दिन बृहत रुपमा गर्न लागिएको आन्दोलनमा सम्पूर्ण पर्यटन क्षेत्रमा आवद्ध गाईड,कर्मचारी,पर्यटन व्यावसायी सबैलाई उपस्थित हुन आवहान गरिएको छ । त्यो दिन आन्दोलनसँगै पर्यटन मन्त्री योगेश भट्टरालाई माग पत्र बुझाउने समेत टे«किङ गाइड एशोसियन अफ नेपालले जनाएको छ । शान्तिपूर्ण ¥याली सहित पर्यटन मन्त्रालयको अगाडी कोणसभा गर्ने पनि टे«किङ गाइड एशोसियन अफ नेपालले उल्लेख गरेको छ ।

वर्तमान सरकारले २०२० पर्यटन बर्ष भव्यरुपमा मनाउने तयारीको घोषणा गर्दै गर्दा पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएका गाईहरुलाई व्यावस्था र सम्बोधन गर्न नसकेकोमा टे«किङ गाइड एशोसियन अफ नेपालले आपति जनाएको छ । पर्यटकहरुको मुख्य रिमोढ नै गाईडहरुसँग भएको र त्यो रिमोढ सहि ठाउँमा नचले सम्म २०२० को पर्यटन बर्ष पनि असफल हुने गाइड एशोसियन अफ नेपाललका बोर्ड मेम्बर दावा छिरिङ शेर्पाले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्