निर्माण कार्य सम्पन्न हुन नपाउँदै पर्वत जिल्लाको एक स्वास्थ्य केन्द्र पुन पहिरोको जोखिममा
कलाखबर संवाददाता–भोलानाथ पौडेल पर्वत, १२ भाद्र २०७६ । पर्वतको फलेवास नगरपालिका वडा नंं १ कार्कीनेटामा निर्माणाधिन अवस्थामा रहेको एक स्वास्थ्य केन्द्र निर्माण कार्य सम्पन्न नहुँदै पुन पहिरोको जोखिममा परेको छ । निर्माणाधिन स्वास्थ्य केन्द्रको तल्लो भाग भाँसीन पुग्दा भवनको पेटी पूर्ण रुपमा चर्किएको छ । सो भवनका केही भाग अझै भासिने क्रम बढ्न थालेपछि, भवनको पिल्लरलाई समेत असर गरि भवनमा ठुलो क्षती हुन सक्ने सम्भावना देखिएको छ ।
ने.क.पा. केन्द्रीय सदस्य गुप्त बहादुर हमाल, पर्वत जिल्ला कमिटी सचिव सुदीप कुवँर, जिल्ला सदस्य भक्त कुवँर, वडा अध्यक्ष बाबुराम सर्मा लगायतका ब्याक्तिहरले उक्त भवनको बुधबार अवलोकन गरेका थिए । अवलोकन पश्चात ने.क.पा. केन्द्रीय सदस्य गुप्त बहादुर हमालले फलेवासका नगर प्रमुखसँग सम्पर्क गरी ध्यानाकर्षण गराएका थिए ।
ने.प.पा. जिल्ला सदस्य भक्त कुवँरले “सम्पन्न हुन लागेको भवनलाई नपुग थप रकम खर्च गरेर सरकारबाट गरिएको ठूलो लगानीलाई सुनिश्चित गर्न सरोकारवालाको ध्यान जानुपर्ने आवश्यक रहेको बताए । फलेवास नगरपालिका वडा नंं १ का वडा अध्यक्ष बाबुराम सर्माका अनुसार, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रदेश सरकार गण्डकी प्रदेश, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका मन्त्री विकास लम्साल, संघीय सरकारका सांसद पदम गिरी, फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्मा लगायतले भवनको अनुगमन गरेका थिए ।
अध्यक्ष शर्माले, अनुगमन गर्ने अग्रज ब्याक्तिहरुलाई र सम्बन्धित निकायमा पहिरो रोकावट नियन्त्रण गर्न मेशिनरी वालको लागि आवश्यक रकम धेरै पटक म माग गरेको बताए । तर आफ्नो अनुरोधलाई सम्वन्धीत निकायले बेवास्ता गर्दै रकम विनियोजन नगरेकोमा दःुख ब्यक्त गरे । अझै पनि निरन्तर रुपमा सम्बन्धित निकायलाई ध्यानाकर्षणको लागि अनुरोध अनुरोध गरी रहेको बताए ।
स्थानीयका भनाई अनुसार उक्त भवन निर्माण स्थलमा केही प्राविधिक क्रुटीका कारण समस्या आएको हो । प्राविधिक समस्या र अन्य कमजोरी नहुने हो भने यस्तो समस्या सृजना नहुने उनीहरु बताउँछन् । भवन निर्माण कार्य सम्पन्न भने करिब अन्तिम चरणमा पुगेको निर्माण समितिहरु बताउछन् ।