त्रिभुवन विमान स्थलमा पत्रकार रबि लामिछानेको स्वागत गर्न आम जनसागर उर्लिए,पञ्चै बाजा सहितको हुटिङले भीड नियन्त्रण गर्न प्रहरीलाई कठिनाइ

कलाखबर संवाददाता,११,भदौ–काठमाण्डौं । चितवन प्रहरीको न्यायिक हिरासतबाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगेका छन् । चितवन जिल्ला अदालतको आदेशपछि सोमबार धरौटीमा रिहा भएका रवि लामिछाने बुधबार दिउँसो काठमाडौं आएका हुन् । उनलाई स्वागत गर्न सयौं मानिस विमानस्थल पुगेका थिए । विमानस्थलबाट बाहिरिँदा उनलाई समर्थकहरुले पञ्चेबाजासहित स्वागत गरेका थिए । रविको समर्थकमा नारासमेत लगाएका थिए ।

पत्रकार शालिकराम पुडासैनीको गएको साउन २० गते भएको रहस्यमय निधन सम्बन्धमा साउन ३० गते छानबिनका लागि भन्दै प्रहरीले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर न्यायिक हिरासतमा राखेको थियो । सोमबार चितवन जिल्ला अदालतको आदेशपछि रविले ५ लाख रुपैयाँ र युवराजले ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् भने अस्मिता भने साधारण तारेखमा रिहा भएकी छन् ।

१० दिन हिरासतमा परि रिहाइ भएका पत्रकार रबि लामिछाने राजधानी फर्किएका छन।केहि क्षेन अगाडी त्रिभुवन बिमान स्थलमा पत्रकार संगको भेट संगै रविको समर्थकको पनि भरपुर साथ् देखिएको थियो। रबि संगै उनकी पत्नी पनि राजधानी फर्किएकि छिन भने युवराज कडेल पनि राजधानी आइसकेका छन।

रबि लामिछाने केहि दिन अगाडी टेलिभिजनबाटै पक्राउ परेका थिए।पुडासैनी प्रकरणकै कारण उनले १० दिन हिरासतमा रहेर आफ्नो जीवन अगाडी लानु पर्यो।रबि आफ्नो समर्थकको अगाडी भाबुक हुदै धन्यबाद दिएका छन हजारौको समर्थनमा रबि आफ्नो निवास पुगेका छन।