Logo

नोबेल साकोस साहित्य संस्थाको ६६ औ कार्यक्रम सम्पन्न तथा साहित्य श्री पत्रिका लोकार्पण


कलाखबर संवाददाता,१०,भदौ–काठमाण्डौं । नोबेल साकोस साहित्य संस्थाले. आफ्नो ६६ औ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । पुरानो बानेश्वर स्थित रत्न राज्य लक्ष्मी पुस्तकालयमा शनिबार सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा साहित्यिक गोष्ठी,रचना वाचन,सम्मान तथा साहित्य श्री पत्रिकाको लोकार्पण गरिएका थिए ।

भव्य रुपमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष स्वरस्वती गौतम,सभापति,प्रमुख अतिथि ः प्रा डा गार्गी शर्मा अतिथिहरू ः युवराज मैनाली (संरक्षक) ः हरिभक्त सिग्देल ः पुष्प रञ्जीत ः तिलक लुइँटेल ः वेदमणी घिमिरे ः चेतनाथ धमला ः थरेन्द्र बराल ः पूण्य गौतम विश्वास ः राजु पुडासैनी ः प्रेम वली ढक्लपुरे ः डा वासुदेव काफ्ले ः प्रियमपदा काफ्ले ः पशुपती गुरुङ ः निर्मलरमण पराजुली ः सुशीला ढकाल अधिकारी लगायतका साहित्यक पारखी मनहरुले कार्यक्रमको शोभा बढाएका थिए ।

कार्यक्रममा ६७ जना साहित्यिक स्रष्टाहरुले रचना वाचन गरेका थिए । प्रमुख अतिथि,अतिथिहरु तथा रचना वाचक सबै स्रष्टाहरुलाई शारदा खड्का र सुजता पुलामी मगरले माला,खदा अर्पण गरि सम्मान तथा स्वागत गरेका थिए । पानसमा दीप प्रज्वलन गरी राष्ट्रिय गानको धुनसँगै कार्यक्रमलाई उदघाटन गरिएका थिए । उदघाटन पछि संस्थाका संरक्षक पुष्प रञ्जीतले उपस्थित सबैलाई धन्याबाद व्यक्त गर्दै स्वागत मन्तव्य दिएका थिए ।

संस्थाका सचिव सुशीला ढकाल अधिकारी ‘ साहित्य श्री–साहित्यिक पत्रिका लोकार्पण सम्पादक ः सुशीला ढकाल अधिकारी ’ प्र संरक्षक ः विष्णु पोखरेल  ः राजन प्रसाद न्यौपाने ‘श्रीयम’ संरक्षक ः सरस्वती गौतम ‘समृद्धि’ लगायतले सम्पादकीय मन्तव्य राखेका थिए । मन्तव्यको क्रममा अध्यक्ष स्वरस्वती गौतमले निन्तर रुपमा संस्थाले हरेक महिना यस्ता साहित्यक कार्यक्रम गर्दै आएको जानकारी दिनु भयो । सबैको अपार माया र सहयोगको कारणले नै आज यो संस्था यहाँ सम्म आई पुगेको बताउदै सबैलाई धन्यबाद दिइन् ।

नोबेल सहकारी संस्थाले सञ्चालन गर्दै आएको यो साहित्य संस्थालाई ६६ औ पटकको कार्यक्रम पछि भने छुट्टै र बिशुद्ध साहित्य प्रतिष्ठानको रुपमा छुटाएर स्थापना गर्न लागिएको संरक्षक राजन प्रसाद न्योपानेले बताए । कार्यक्रमलाई पनि न्योपानेले नै आकर्षक ढङगबाट सञ्चालन गरेका थिए । चेतनाथ धमला, प्रेमपदा काफ्ले, पशुपति गुरुङ, वेदमणि घिमिरे, भुवन सिवाकोटि प्रमुख अतिथि गार्गी शर्मा लगायतले पनि मन्तव्य राखेका थिए ।

साहित्यक स्रष्टाहरु धरणीधर गुरागाँई,निर्मल रमण पराजुली,राजेन्द्र बज्राचार्य लगायतलाई प्रमाणपत्र तथा नगद सहिद पुरस्कृत र सम्मान गरिएका थिए । सो कार्यक्रमको अवसरमा संस्थाले आफ्नो नयाँ कार्य समिति पनि गठन गरिएको थियो । संस्थाको नयाँ कार्यसमिति अन्तरगत संरक्षकको रुपमा –हरिभक्त सिग्देल “महेश” –युवराज मैनाली –पुष्प रञ्जित संस्थापक÷संयोजकः –राजन प्रसाद न्यौपाने “श्रीयम”

सल्लाहकार ः –शान्ता मानवी –चण्डी प्रसाद श्रेष्ठ –दामोदर पुडासैनी –छवि वैरागी घिमिरे कार्यसमितिका पदापधकारीहरू–२०७६ अध्यक्ष ः –सरस्वती गौतम“समृद्धि” उपाध्यक्ष ः –विक्रम श्रेष्ठ “सागर” महासचिव ः –राजन प्रसाद न्यौपाने “श्रीयम” सचिव ः –सुशीला ढकाल अधिकारी“श्री” कोषाध्यक्ष ः –सुजता पुलामी सदस्यहरु ः –मोक्ष प्रसाद दुलाल –पवन कु बुढाथोकी –रोहित कार्की –कल्याण कुमार बस्न्यात –सीता अधिकारी –विद्या अनामिका तिवारी –सूर्य ब। तामाङ –मिना श्रेष्ठ “सवि” नियुक्ति भएका थिए ।

प्रतिक्रिया दिनुहोस्