Logo

रवि लामिछाने पक्राउ प्रति जिउदो सहिद दुर्गा प्रसाद भट्टराईको आक्रोश


कलाखबर संवादादाता,६,भदौ–काठमाण्डौं । विना पुर्जी निर्दोष पत्रकार रबि लामिछानेलाई पक्राउ गरेको प्रति पूर्व लडाकु जिउदो सहिद दर्गा प्रसाद भट्टराईले आक्रोश पोखेका छन् । विना पुर्जी र अदालतको आदेश बिना सञ्चार गृहमा प्रवेश गरेर रबिलाई पक्राउ गर्नु प्रेस माथिको हमला मात्र नभएर प्रहरीको कार्यशैली नै दादागिरी र गुुन्दागर्दीको पारा भएको बताए । साथै उहाँले रबिको सर्मथनमा उत्रिएका आम नागरिक माथी ठठ्ठी बर्षाएर आतंक मच्याएको प्रति पनि खेद प्रकट गर्नु भयो ।

द्ववन्द्धकालमा आफूलाई पनि बिना कारण नै सेनाले आफ्नो एक करोडको सम्पति पनि खोसाएको र चरम यातना दिएको स्मरण गर्दै, देश र जनताको रक्षक हुँ भन्ने सेना र पुलिसको कार्यशैली नै कहिले पनि ठीक नभएको बताए । द्वन्दकालमा उनलाई सेनाले चरम यातना दिएर जिउदै खाल्डोेमा हालेका थिए । सेनाले पाँच सय लाश एउटै खाल्डोमा हालेको मध्ये सबै भन्दा माथि आफ्नो लाश परेको र त्यसको ३७ दिन पछि घाँस काट्ने क्रममा गाँउलेले आफ्नो औला चलि रहेको देखेर उद्धार गरि नयाँ संसार दिएको बताए ।

गरिबका छोराछोरीहरुले पचास प्रतिशत छुटमा पढ्न पाउनु पर्छ भनेर आवाज उठाउदा माऔबादी भन्दै अपहरण गरेको बताए । जिल्ला प्रशासन कार्यलय काठमाण्डौबाट आँखामा पत्ति बाधेर धादिङको तारेभिडमा पु¥याएको उनले बताए । सेनाको बुट,लाठी र करेन्टको सामना गर्दै नयाँ जिवन पाएका …..वि. स. २०७२ सालमा जिउदो सहिद घोषना भएका थिए । तर त्यत्तिखेरको बिद्रोही माऔबादीको पक्षबाट राज्यले उनलाई अनेक यातना दिदा पनि पार्टीका कमाण्डर प्रचण्ड र बाबुरामले कुनै चासो नदिएको र घटनाको जिम्मा समेत नलिएको प्रति उहाँले खेद प्रकट गर्नु भयो ।

२०७० सालबाट आवाज उठाउँदा उठाउँदा बल्ल अहिले सरकारले जिउदो सहिद घोषणा गरेका यि व्यक्तिले अहिले रबिलाई पनि आफूलाई जस्तै विनाकारण षयन्त्रपूर्वक फसाउन खोजिएको बताए । त्यसमा पनि प्रचण्डको नै मुख्य हात रहेको बताउदै यो घटनामा सट्टा पक्ष समेत लागेको र जसको आटँमा भरौते पुलिसहरु पनि मरिमेटेको बताए । रबि दोषी हो भने त्यो पुलिसको कब्जामा रहेको मृतकको भिडियो बिना अनुन्धान बाहिर ल्याउनेलाई किन कार्वाही गरिएन ?

होटलकलाई किन अनुसन्धानको कठघरामा ल्याएन ? मृतकको शरीरमा कसरी निलडाम देखियो ? अनि अनुसन्धान नसकि हतार हतार किन लाश जलाइयो ? यो हो पुलिस प्रशासनको निपक्ष काम ? भनेर प्रश्न गरेका थिए । रबिलाई चाहीँ बिना प्रमाण समात्नु मिल्ने उनीहरुलाई चाहीँ नमिल्ने ? भनेर उनी निकै आक्रोशमा आएका थिए । बाँकी उहाँले बोलेका कुरा भिडियोमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्